‘म सेक्सी होइन, सुन्दरी’

हिजोअस्तिको बन्दमा कत्तिको छटपटिनुभो ?
बन्दले गर्दा दुईवटा रेकर्डिङ रोकियो । ती दुई गीत चाँडोभन्दा चाँडो रेकर्ड गरिसक्नुपर्नेछ । तर, खोइ खुल्दै खुल्दैन †
तपाईंले आफैँ बन्द गर्नुपर्ने बाध्यता आइलागे गाडीहरू कत्तिको तोडफोड गर्नुहुन्थ्यो ?
खासमा त मलाई त्यस्तो मनै छैन । बाध्यता नै आइलागे पनि तोडफोडचाहिँ गर्दैनथेँ । आखिर देशका सम्पत्ति सबै आफ्नै त हुन्, किन फुटाउनु † बरु तोडफोडमा उत्रने बन्दकर्तालाई पनि यसबारे एकचोटि सोच्न आग्रह गर्छु ।
गायनमा नलागेको भए के बन्नुहुन्थ्यो ?
खोइ के बन्थेँ–बन्थेँ, सोच्नै बिर्सिएँछु । स्कुल लेबलमा छँदाचाहिँ टिचर बन्छु भन्थेँ रे † रुचाउँथे रे † बुबाममीले सुनाउनुहुन्छ ।
अपरिचित व्यक्तिले फोनमा आई लभ यु भनिराख्यो भने के गर्नुहुन्छ ?
फोनै रिसिभ गर्दैनथेँ ।
तैपनि गरेको गर्‍यै गर्‍यो भने ?
ह्या झ्याउ… किन बढी झन्झट खेपिरहने † बरु सिम नै चेन्ज गरिदिन्छु ।
साँच्चिकै माया लागेर त्यसरी मरिहत्ते गर्न खोजेको पनि त हुन सक्छ नि ?
हा…हा…हा..त्यसरी खेदो हालेर फोनमा डिस्टर्ब गर्ने मानिसको कुदृष्टि हुन्छ रे नि † त्यो त सोच्दै नसोचौँ ।
गायक राजेशपायल, शिव र प्रमोदमध्ये एकलाई चुम्बन गर्नुपरे ?
अबुई † तीन जनामध्ये कसैलाई पनि गर्दिनथेँ । त्यस्तो स्थिति मलाई कहिल्यै आइनपरोस् । त्यस्तो कल्पना पनि गर्न सक्दिनँ ।
कुख्यात बन्नुपर्ने बाध्यता आए कुन उपाय अपनाउने ?
कुख्यात बन्नुपरे घमन्डीका रूपमा चिनिनु पर्ला † मेरो क्यारेक्टर सफा होस्, घमन्डीका रूपमा कुख्यात हुन परे पनि केही छैन ।
तपाईंलाई सेक्सी बन्न मन लाग्छ कि सुन्दरी ?
सेक्सी भन्ने कुरा क्षणिक हुने भएकाले म त सुन्दरी नै बन्छु । सुन्दरतामा नयाँ–पुरानो भन्ने हुँदैन, जसलाई म अहिले सुन्दर लाग्छु, पछिसम्म पनि त्यस्तै लागिरहन सक्छु ।
टन्टलापुर घाममा चिसो हावाको स्पर्श मीठो कि सेक्सको आनन्द ?
वास्तवमा दुवै आनन्द नै हुन् तर परिस्थितिअनुसार फरक पर्न सक्ला । अहिलेको गर्मी महिनामा सिरसिर हावाको आनन्द मीठो लाग्छ । तर, जाडो महिनामा सिरसिर हावाले ज्यानै कमाउँछ ।
संसारका सबै मान्छेको प्रजनन अंग एकैचोटि गायब भए के होला ?
त्यस्तो भयो भने त अहिले संसारमा जति मानिस छन्, जनसंख्या त्यसभन्दा नबढ्ला । केही समयमै मानव जीवन लोप भएर जाला ।

प्रतिक्रिया