एजेन्सी ।
थिम्पू । दशकौँदेखि भुटानमा टिभी र ट्राफिक बत्ती थिएन । यहाँको संस्कृति यस्तो थियो कि सदियौँदेखि बदलिएको थिएन । तर, कहिलेसम्म संभव थियो र ? यसरी संसारबाट अलग रहन । त्यसैले हिजोआज यहाँको समाज बिस्तारै परिवर्तन हुँदै गएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडहरूको बीचमा अवस्थित राजधानी थिम्पूमा अहिले ‘रेस्टुरेन्ट’ ‘बार’ हरू खुल्न थालेका छन् । साइबर पसलहरू खुलेका छन् र किशोरकिशोेरीको भिड लागेर भिडिओ गेम खेलिरहेका हुन्छन् । उता पुरुषहरूमा धूमपानको लत बसिसकेको छ र कतिपय त जुआ पनि खेल्न थालेका छन् ।
तर, अहिले पनि यहाँ ट्राफिक बत्ती भने छैन । एक स्थानमा बत्ती जडान गर्न खोज्दा विरोधमा सर्वसाधारणले प्रदर्शन गर्न लागेपछि बन्द गरियो । भारत र चीनको बीचमा रहेको यो वौद्धमार्गी देश पहिले अलग पहिचान सहितको भए पनि हिजोआज परिवर्तन देखापरेका छन् । आधुनिक दुनियाँमा प्रवेशसँगै यसका समस्या पनि देखा पर्न थालिसकेका छन् ।
एउटा डान्स क्लबभित्र गेस्टले ३८ वर्षीया महिलालाई आफ्नो गीतमा डान्सको फर्माइस् गरिरहेका थिए । सामान्यतयाः यहाँ परम्परागत लोकगीत नै प्रस्तुत गरिन्छ तर कहिलेकाहीँ हिन्दी गीतले पनि ठाउँ पाउने गरेको छ ।
सम्बन्धविच्छेद गरेकी दुई बच्चाकी आमा ल्हादेन आधारातसम्म डान्स गर्छिन् । उनी भन्छिन्, ‘म यसबाट खुसी छैन तर के गर्नु अर्को उपाय पनि त छैन ।’ ल्हादेनलाई पैसाको खाँचो छ । उनी महिनामा १ सय २५ डलर कमाउँछिन् ।
उनले भनिन्, ‘म एकदमै सानो कोठामा बस्छु किनभने आफ्नो कमाइले खाना र लगाउने लुगा किन्न सकियोस् । हिउँले ढाकिएका पहाड, नदी, जंगल र शुद्ध हावापानी भएको भुटानमा पनि आधुनिक संसारमा प्रवेश गर्ने तीव्र लोभ जागेको देखिन्छ ।
काँस र सुनको विशाल बुद्धको प्रतिमा थिम्पू भ्यालीको प्रवेशद्वारमै ठडिएको छ । यसको आडैमा टेलिकम टावर ठडिएको छ । सडक र गल्लीहरूमा अब जिन्स पाइन्ट लगाएका मानिस पनि परम्परागत पहिरनमा सजिएका जस्तै प्रशस्त देखिन थालिएको छ । ज्ञातव्य रहोस्, भूटानको दुई दशमलव दुई अर्ब डलरको अर्थव्यवस्था मुख्यरूपले कृषिमा आधारित छ । तर, मोबाइल, टिभी सेट प्रत्येक स्थानमा पाइन्छ ।
थिम्पूदेखि सात किलोमिटरको दुरीमा रहेको फोब्जिखा भ्यालीमा पनि टिभी सेटहरू जताततै देख्न पाइन्छ । यहाँ अधिक मात्रामा पर्यटक जाने गरेका छन् । ४३ वर्षीय किसान एप द्वाले भने, ‘युवापुस्ता पढाइभन्दा मोबाइल खेलेर दिन बिताइरहेका छन् ।’ यहाँ फुटबल पनि निकै हेरिने र खेलिने खेलमा पर्छ ।
प्रतिक्रिया