एजेन्सी
रुस । संसारकोे सबैभन्दा चिसो ठाउँको नाम हो ‘ओइकामान’ । यो रूसको साइबेरियाको हिउँमा बसेको एक सानो गाउँ हो । जनवरीको महिनामा साधारणतया यहाँको तापक्रम माइनस ५० डिग्रीको नजिक रहन्छ । यहाँको सबैभन्दा कम तापक्रम माइनस ७१ दशमलब २ डिग्री रेकर्ड गरिएको छ । ओइमाकान यसैकारण ‘पाल अफ क’ अर्थात चिसो ध्रुव पनि भनिन्छ । अमेरिकास्थित रोजर्स पास, मोन्टानामा हिउँदमा तापक्रम माइनस ७५ डिग्रीसम्म पुग्छ । अन्टार्कटिकाको प्लेटो स्टेसनमा सबैभन्दा कम तापक्रम माइनस १ सय १९ डिग्रीसम्म पुग्छ । यही कुरा पत्ता लगाउन यहाँ वैज्ञानिक बस्छन् तर, अहिलेसम्म कसैले यस बारे यकिन जानकारी दिन सकेका छैनन् ।
रूसको वेखौयास्कमा जाडोमा तापक्रम माइनस ८९ दशमलब ५ डिग्रीसम्म पुग्छ । गिनिज बुकमा यो गाउँको नाम सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको भनेर अभिलेख गरिएको छ । जाडोमा यहाँको तापक्रम माइनस ६७ दशमलव ५ डिग्री रेकर्ड गरिसकिएको छ । क्यानाडाको फोर्ट सेल्किर्कमा जनवरीमा तापक्रम माइनस ७५ भन्दा कम हुन्छ । ग्रिनल्यान्डमा रहेको नर्थ आइसलाई ब्रिटिस नर्थ ग्रिनल्यान्डको एक्सिपिसनको नामले पनि चिनिन्छ । यहाँको तापक्रम माइनस ८६ डिग्रीसम्म रेकर्ड गरिएको छ ।
१. ओइमाकान र वेर्खोयास्कमा प्रायः मानिसहरू मासु नै खान्छन्, सबैभन्दा धेरै माछा । माछालाई प्रिलज पारेर लामो समयसम्म राख्न सकिन्छ । सबैभन्दा ठूलो कुरा के भने यहाँका मानिसले यसलाई काँचै खान्छन् । यसलाई नुन र कालो खोर्सानीसँग सर्व गरिन्छ । खानेपानीका लागि यहाँका मानिस हिउँको टुक्रा काटेर ल्याउँछन् र घरमा राखेर पगाल्छन् । संसारका जुनसुकै अत्याधिक चिसो हुने ठाउँमा यस्तै प्रक्रिया अपनाइन्छ ।
२. ओइमाकानको जमिनमा हिउँ जमेका कारण घरमा शौचालय बनाउन सम्भव छैन, त्यसकारण यसलाई बाहिरै बनाइन्छ । गाउँका मान्छे आफ्नो पशु चौपायालाई जम्मा गरेर राती एकै ठाउँमा बन्द गरिदिन्छन् । यसले पशु पनि तातो महसुस गर्छन् । पशुलाई चरणका लागि हरियो घाँसको सट्टा हिउँले ढाकिएका झाँडीमा निर्भर गर्नुपर्छ । यहाँ बस्ने मानिस दिनभर गाडी स्टार्ट नै राख्छन् । किनभने एकपटक गाडी बन्द भएपछि चल्ने संभावना रहँदैन । यस्तो चिसोमा मानिस २०÷२२ मिनेटको पालो लगाएर काम गर्छन् । योभन्दा बढी समय बाहिर काम ग¥यो भने हाड, मासु जमेर वर्फ हुनसक्छ । यहाँ सास फेर्नदेखि लिएर मान्छे गाड्ने खाडल खन्नसमेत निकै सकस हुने गर्छ ।
प्रतिक्रिया