विज किड्सलाई उपाधि

काठमाडौं । विज किड्सले दोस्रो माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । माफद्वारा आयोजित प्रतियोगिताको फाइनलमा विज किड्सले क्याम्ब्रिज पब्लिक हाई स्कुललाई २–१ को सेटमा पराजित ग¥यो । तेस्रो स्थानका लागि भएको खेलमा लाइसियमले ग्लोबल पब्लिकलाई २–० ले हरायो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे । प्रतियोगितामा क्याम्ब्रिजकी सुनैना दाहाल उत्कृष्ट खेलाडी घोषित भइन् ।
सुनैनाले पुरस्कारस्वरूप नगद ५ हजार पाइन् । पिस प्वाइन्टकी रेणुका श्रेष्ठ उत्कृष्ट सेटर तथा विज किड्सकी प्रशंसा तामाङ उत्कृष्ट स्पाइकर चुनिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट लगायतले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया