महिला पत्रकारलाई सहयोग गर्ने खेलकुदमन्त्रीको प्रतिवद्धता

काठमाडौं । ‘समानताको लागि बुलन्द आवाज’ भन्ने मुल नाराका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टोलीलाई बिहीबार युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले भेट गरी आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री केसीले आफ्नै मन्त्रालयमा टोलीका ५ सदस्यलाई भेट गरी आर्थिक तथा भौतिक सहयोग गर्ने बताए । उनले सम्बन्धीत व्यक्तिसँग आरोहण टोलीको भेटघाट गर्ने वातावरण मिलाउने, क्याविनेटमा समेत यस विषयको बारेमा जानकारी गराउने तथा प्रधानमन्त्रीसँग पनि विशेष भेटको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आउँदो चैतमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको आरोहण टोलीमा महिला पत्रकारहरु कल्पना महर्जन (माउन्टेन टेलिभिजन), रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रिया लक्ष्मी कार्की (न्युज-२४), रोजिता बुद्धचार्य (वि पि कोइराना मेमवरियल प्लानेटेरियम अबजरभेटरी र विज्ञान संग्रहालय विकास समिति, नेपाल टेलिभिजन र देउराली चाम्लिङ (स्वतन्त्र) गरी पाँच जना छन् । उक्त टोलीले केही दिन नोभेम्वर अन्त्यतिर रामदुङ हिमाल ९५९२५ मि. र यालुङरी हिमाल ९५६३० मि. को सफल आरोहण गरिसकेका छन् । यस्तै दोलखाको रोल्वालिङ क्षेत्रमा आरोहणसम्बन्धि तालिमसमेत लिएका थिए।

 

प्रतिक्रिया