उत्तर कोरिया, २४ मङ्सिर । राष्ट्रसङ्घका उच्च अधिकारीको प्योङ्याङको भ्रमणका क्रममा भएका वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसङ्घको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको उत्तर कोरियाले शनिबार जनाएको छ ।
कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए)ले संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिवको भ्रमणको अन्तिम दिन एक प्रेस विज्ञप्ति जारी गरी दुवै पक्षले भ्रमणलाई स्वभाविक र आवश्यक रहेको महशुस गरेका जनाएको छ ।
“भ्रमणका क्रममा दुवै पक्षबीच विश्वासको वृद्धि गरेको र निरन्तर यस्ता किसिमका विचारको विभिन्न तहमा आदानप्रदान हुनुपर्ने सहमति भएको छ ।”
उपमहासचि जेफ्रे फेल्टम्यान लगायतका दुई राष्ट्रसङ्घीय पदाधिकारीले डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए ।
उनीहरूले उत्तर कोरियाका विदेश मन्त्री तथा उपविदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय सहकार्य गरी कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको जनाइएको विज्ञप्तिमा छ ।
प्रतिक्रिया