सर्विया । यहाँको राजधानी बेलग्रेडको उत्तरी दिशामा रहेको अलसाताजस्तो लैजारेवो गाउँ चकमन्न थियो । अनुहारमा कालो नकाव लगाएका र कालै ड्रेस लगाएका हतियारधारीहरूको समूहले निलो इटाले बनेको घर घेराहाले ।
उनीहरू बुट वजार्दै भित्र छिरे र वगैंचाका घुम्न निश्किएका एक वयस्क पुरुषलाई नियन्त्रणमा लिए । उनी ती नकावधारीसंग चुपचाप साथ लागे । ६ वर्ष ५ महिना र २६ दिनपछि ७४ वर्ष पुगेका ती व्यक्ति हेगको युद्ध अपराधसम्वन्धि बेञ्चमा राक्षसहरूको झुण्ड भनेर कराउदै थिए ।
आरिचले बिबिसीलाई भने ‘म साक्षी बस्न हेग गएं ताकी संसारले थाहा पाउन सकोस् कि हिटलरपछि फेरि अर्को हिटलर थियो, रैटको म्लाडिच ।’ १६ वर्ष अर्थात १९९५ देखि २०११ सम्म यूरोपको ‘मोष्ट वान्टेड म्यान’ रहेका बोस्नियाका पूर्व सैनिक कमाण्डर रैट्को म्लाडिचले एउटा अर्को नाम पाए ‘बूचर अफ बोस्निया’ अर्थात बोस्नियाका कसाई ।
नरसंहारका नायक
दिल्ली स्थित जवाहरलाल युनिभर्सिटीका युरोपियन स्टडिजका प्रोफेसर आर के जैन यो नामको कारण बताउँछन्, ‘म्लाडिच सर्ब सेनाका जनरल थिए । बोस्नियामा १९९२ देखि १९९५ सम्म जुन गृहयुद्ध चल्यो र सेब्रेस्तानमा जसरी नरसंहार भयो, त्यसका उनी नायक थिए ।’ आलोचककाअनुसार म्लाडिज अचम्मको सनकी थिए । तर, उनले संघर्ष र युद्धको बाटो आफै रोजे वा उनको यो वाध्यता थियो ? यसमा विश्लेषकहरूको राय वाझिएको छ । दक्षिणी बोस्नियाको कालिनोविक गाउँमा जन्मेका म्लाडिच १९४५ मा जब २ वर्षका थिए तब नाजी समर्थित सेनासंग लड्दै गर्दा उनका पिताको मृत्यु भएको थियो ।
उनी मार्शल टिटोले नेतृत्व गरेको युगोस्लावियामा हुर्के र सैनिक अधिकारी बने । उनको पहिचान एक यस्तो अधिकृतको जस्तो थियो जो हरेक समय आफ्ना सैनिकलाई उत्साहित गरिरहन्थे । १९९१ मा जब युद्ध सुरु भयो म्लाडिचलाई क्रोसियार्य सेनाको विरुद्ध युगोस्लाव सेनाको नवौं युनिटको जिम्मेवारी दिइयो । एक वर्षपछि उनी १ लाख ८० हजार सैनिक भएको सर्बियाली सेनाको प्रमुखमा नियुक्त भए । त्यसपछिको ३ वर्षमा जे भयो त्यसले म्लाडिचको छवि सधैंलाई बदलि दियो ।
युरोपिय राजनीतिलाई नजिकबाट हेर्ने अन्तर्राष्ट्रिय मामला विशेषज्ञ प्रोफेसर हर्ष पन्त भन्छन् ‘युगोस्लाभिया जब विभाजन भयो तब नयाँ राष्ट्र कसरी बनाउने भन्ने विषयमा सर्ब समुदाय र मुस्लिम समुदायबीच विावाद भयो । उनीहरूबीच मध्यस्तता गर्ने कोही थिएनन् र उनीहरूले हतियार उठाए अनि हिंसाको माध्यमले नयाँ राष्ट्र बनाउने युद्ध सुरु गरे ।’ यो युद्धमा हजारौं मानिसको मृत्यु भयो र लाखौं विस्थापित भए । गृह युद्धको समाप्तिपछि म्लाडिचलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मानवताविरुद्धका दुई मुद्दा चलाइए ।
प्रतिक्रिया