एमालेबाट पोखरेल र ज्ञवाली मन्त्री


काठमाडौं, २ जेठ । संविधानका विवादित विषयमा सहमति भएलगत्तै एमालेले सरकारमा सहभागिता जनाउने भएको छ । उसले महासचिव ईश्वर पोखरेल र सभासद राधा ज्ञवालीलाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
बालुवाटारमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चावीच नयाँ संविधानका विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति भएपछि एमाले सरकारमा सहभागी हुन लागेको हो । यस अघि एमालेले विवादित विषयमा सहमति नहुँदासम्म सरकारमा सहभागी नहुने भन्दै अडान राखेको थियो ।
एमालेका तर्फबाट महासचिव पोखरेल र सभासद ज्ञवालीले भोली पद तथा गोपनीयताको सपथ लिने उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसै अघि पाँच बुँदे सहमति अनुसार कांग्रेस सरकारमा सहभागी भईसकेको छ ।

प्रतिक्रिया