भद्रपुर, १९ कात्तिक । नेपाल विद्यालय कर्मचारी परिषद् झापाको सम्पन्न छैटौँ झापा जिल्ला अधिवेशनले पुनः जगेनलाल राजवंशीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
झापाको दुधेमा शनिबार सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा खडानन्द संजेल ,सचिवमा विष्णुलाल पाण्डे, कोषाध्यक्षमा चन्द्र प्रसाई र सह कोषाध्यक्षमा लीला मगरलगायत २१ सदस्यलाई सर्वसम्मत चयन गरेको छ ।
परिषद् अध्यक्ष राजवंशीको अध्यक्षता तथा परिषद् केन्द्रीय अध्यक्ष बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक महासंघ झापा अध्यक्ष तेजप्रसाद चौलागाई, शिक्षक संघ झापाका कावा अध्यक्ष भवानी लुईटेल, शिक्षक संगठनका अध्यक्ष कृष्ण अधिकारी, कृष्णप्रसाद भण्डारीलगायतले विद्यालय कर्मचारीहरुका अधिकारलाई राज्यले सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया