गाभिन विलियमसन बेलायतको रक्षामन्त्रीमा नियुक्त

लण्डन, १७ कात्तिक । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहेका ४१ बर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गरेका थिए ।

एक महिला पत्रकारसंग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले आफ्नो पदबाट बुधबार राजीनामा दिएका थिए ।

आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टेरीजा मे समक्ष बुझाएपछि विलियमसनलाई विहिबार उक्त पदमा नियुक्त गरिएको हो ।यद्यपि फालनले राजीनामाको कारण भने त खुलाइएको थिएन ।

फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो ।

तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए ।

प्रतिक्रिया