अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीनदेखि भ्रमण गर्ने

बेइजिङ, १६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन् ।

उनी यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले बिहीबार बिहान प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– सो भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया