साम्प्रदायिकता नमच्चाउन राष्ट्रसंघलाई चेतावनी

ललितपुर, १ जेठ । संयुक्त राष्ट्रसंघ लगायत नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायीकता नभड्काउन खवरदारी गर्न अभियानकर्मीहरुले पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा धर्ना दिएका छन् ।
उनीहरुले नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायिकता भड्काउने काम बन्द गर्न चेतावनी दिएका छन् । दातृ निकायहरुले लिएको विभेदकारी नीति वन्द गर्न माग गर्दै अभियानकर्मीहरुले राष्ट्रसंघको कार्यालयमा धर्ना दिएको बताएका छन् ।
साम्प्रदायिक सद्भाव बढाउने भन्दा पनि हिंसाका लागि सहयोग दिएको भन्दै त्यस्तो सहयोग बन्द गर्न उनीहरुले माग गरेका छन् । दातृ निकायलाई जातीय विद्धेÈ बढाउने काममा अनुदान तथा सहयोग दिने काम रोक्न पनि आफूहरुको माग रहेको अभियानकर्मी शैलेन्द्र गौडेलले बताए ।
प्रदर्शनकारीहरुले राष्ट्रसंघ, दातृ निकाय र अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत कर्मचारीहरुले नेपालमा तिर्नुपर्ने कर लगायतको विÈयमा समेत प्रश्न उठाएका थिए ।
आज मध्यान्ह धर्ना बस्न पुगेका उनीहरुलाई प्रहरीले धरपकड गरि हटाएको थियो ।

प्रतिक्रिया