उत्तर कोरिया–अमेरीकाबीच गोप्य कुरा कसरी हुन्छ ?

trump-kimjongकाठमाडौं ८ कात्तिक। उत्तर कोरिया र अमेरीकाबीच तनाव जारी छ । २ देशबीच आधिकारिक वार्ता हुन सकेको छैन ।  तर उत्तर कोरिया र अमेरीकाबीच अनौपचारिक कुराकानी अहिले पनि चलिरहेको छ । जसका कारण विश्वसमुदाय सामु यी २ देश खुला मञ्चहरूमा किन एकअर्कालाई लक्षित गरेर किन बयानबाजी दिन्छन् भन्ने प्रश्न खडा गरिदिएको छ ।  पर्दा पछाडि कसरी हुन्छ २ देशबीच अनौपचारिक कुराकानी ? यसबारेमा जान्न केही वर्ष पछाडि जान जरुरी छ ।

सन् २०१३ को सेप्टेम्बर २५
स्थानः जर्मनीको राजधानी बर्लिन
उत्तर कोरिया र अमेरीकाका उच्च अधिकारीहरूबीच एक ठूलो होटलको रेस्टुराँमा भेटघाट हुन्छ । भेटघाटका क्रममा भएको कुराकानी एकदमै छोटो हुन्छ । भेटघाटमा उनीहरू एकअर्कासँग परिवारको बारेमा समेत कुराकानी गर्दछन् ।

बैठकमा को भए सहभागी ?
यो बैठकमा सहभागी हुने दुबै जना परिचित अनुहार हुन् । होटल बाहिर सुरक्षा व्यवस्था कडा थियो । जुन रेस्टुराँमा बैठक भएको थियो उक्त स्थान भवन बाहिरबाट देख्न सकिँदैन थियो । उक्त कुराकानीको सुरुआत डिनरबाट हुन्छ । त्यसपछि दुवै पक्षबीच कुराकानी हुन्छ । बैठकमा उत्तर कोरियाका प्रतिनिधि आफ्नो सरकारको देष्टिकोण सम्झाउने प्रयासमा थिए ।

त्यस्तै अमेरिकाका प्रतिनिधि सोही वार्ताबाटै उत्तर कोरियालाई लिएर उत्पन्न समस्या साम्य पार्ने ध्यानमा थिए ।  राजनीतिक गठबन्धन नभएका कारण अमेरीका र उत्तर कोरियाबीच सूचना आदानप्रदानमा व्यवधान उत्पन्न हुँदै आएको छ । यो समस्याका कारण उत्तर कोरिया अमेरिकाका लागि चुनौती बनेको छ।

दशकौँदेखि हुँदै छ भेटघाट
बर्लिनमा भएको बैठक अनौपचारिक कुराकानीको एक उदाहरण मात्रै हो । दशकौँदेखि २ देशबीच यस्ता प्रकारका भेटघाट हुँदै आएका छन् । जेनेभा, लन्डन र क्वालालाम्पुरमा विगतका दिनहरूमा २ देशबीच यस्ता बैठक भएका छन् । गएका केही महिनादेखि अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिएको छ । कोरियाई प्रायःद्वीपमा बढ्दै गएको तनावका बीच २ देशबीच अनौपचारिक कुराकानी जरुरी देखिएको छ । जानकारहरूका अनुसार पर्दा पछाडि हुँदै आएका यी भेटघाटहरू संकट समाधानको उत्तम उपाय हुन सक्छन् ।

सबैको ध्यान यतिबेला आगामी अनौपचारिक कुराकानीमा केन्द्रित छ । २ देशबीचको अनौपचारिक बैठक यही साता रुसको मस्कोमा हुने भएको छ । जसमा उत्तर कोरियाका तर्फबाट सरकारी अधिकारी र अमेरीकाका तर्फबाट शैक्षिक विशेषज्ञ वा पूर्वअधिकारी सहभागी हुने बताइएको छ । अमेरीकाका तर्फबाट बैठकमा पूर्व सेक्रेटरी अफ स्टेट फर पोलिटिकल वेंडी शेरमान, परमाणु वैज्ञानिक सिगफ्राइड हेकर र उत्तरी अमेरिका ममिलाका लागि उत्तर कोरियाका डाइरेक्टर जनरल चोई सुन पनि सहभागी हुन सक्ने आँकलन गरिएको छ ।

गोप्य वार्ताः कहिले र कसरी ?
यो साल उत्तर कोरिया र अमेरीकाबीच यस्ता ३ वटा भेटघाट भइसकेका छन् । डोनाल्ड ट्रम्पले अमेरिकाको शासन सत्ता सम्हालेपछि पहिलो भेटघाट गत जनवरीमा भएको थियो । अमेरीकी र दक्षिण कोरियाली सैनिकको संयुक्त अभ्यासपछि गत मे महिनामा दोस्रो भेटघाट भएको थियो । उक्त संयुक्त सैन्य अभ्यासलाई प्योङयाङले आफ्नो देशमाथि आक्रमणको तयारी स्वरूप गरिएको आशंका गरेको थियो । तेस्रो बैठक अगस्टमा भयो । त्यो अघि पनि सैनिकहरूले संयुक्त अभ्यास गरेका थिए ।

अमेरिकी गृहमन्त्रालयका प्रवक्ता हेथर नौरेटले बिबिसीलाई ई–मेलमार्फत भनेका छन्, ‘अमेरिकी राजनायकसँग यस्ता कैयौँ बाटोहरू छन् । जसको सहयोगले हामीलाई उत्तर कोरियाली सरकारसँग कुराकानी गर्न सक्छौँ ।’उनले लेखेका छन्, ‘उत्तर कोरियाली अधिकारीका तर्फबाट त्यस्तो कुनै रुची थाहा हुँदैन कि जसबाट लागोस् कि उनीहरू परमाणु मुक्त हुने सन्दर्भमा कुराकानी गर्न चाहन्छन् ।’

अमेरिका उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने बारे प्रतीक्षा गरिरहेका बेला उत्तर कोरिया आफ्नो परमाणु शक्ति विकसित गर्नमा केन्द्रित छ । यस कारण विश्वका सबैभन्दा शक्तिशाली २ देशबीच गोप्य कुराकानीलाई समस्या समाधानका लागि उत्तम विकल्पको रूपमा हेरिएको छ ।
(बिबिसी हिन्दीबाट)

प्रतिक्रिया