रुसी प्रधानमन्त्री दिमित्री चीन जाने

dimitriबेइजिङ, ७ कात्तिक । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लागेको समाचार छ ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले चीनको भ्रमण गर्न लागेका हुन् । उक्त कुराको जानकारी चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले मङ्गलबार दिएका छन् ।

सो भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपीक्षीय हित र चीन रुस सम्बन्धका विविध पक्षमा वार्ता गर्ने बताइएको छ ।

यो वार्ता चीन र रुसका प्रधानमन्त्रीका बीचमा हुने नियमित वार्ता हो । यी दुई देशका प्रधानमन्त्रीको बीचमा हुने सो वार्ता २२ औँ रहेको पनि चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

चिनियाँ विदेश मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनका क्रममा मङ्गलबार प्रवक्ता केङ सुआङले राजधानी बेइजिङमा सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया