बटौली । बुटवलको रामनगरमा सञ्चालन रहेको कम्पोस्ट प्लान्ट ३ महिनादेखि बन्द भएको छ । यस क्षेत्रकै नमुना परियोजनाको रूपमा अगाडि बढेको प्लान्टमा बाँदरले खानेकुरा खाने भएपछि त्यसको व्यवस्थापनका लागि ३ महिनादेखि बन्द भएको हो ।
सार्जजनिक निजी साझेदारी परियोजनाअन्तर्गत बुटवल उपमहानगर पालिकाको स्वस्थ परियोजनाले रामनगर क्षेत्र विकास समितिको सहकार्यमा करिब १२ लाखको लागतमा सञ्चालन गरिएको कम्पोस्ट प्लान्ट ६ वर्ष अघिदेखि सञ्चालनमा आएको हो । कहिने वस्तुहरू राखेर कम्पोस्ट मल बनाउने भए पनि बाँदरले सबै खानेकुरा खाएपछि त्यसको व्यवस्थापनका लागि अहिले प्लान्ट बन्द भएको रामनगर क्षेत्र विकास समितिका अध्यक्ष वसन्त गौचनले जानकारी दिए ।
कम्पोस्ट प्लान्टबाट अहिलेसम्म १२ टन मल उत्पादन गरिसकिएको छ । बजारमा मलको माग बढी भएकाले अब १ महिनामै मल तयार गर्ने गरी मेसिन जडान गर्न थालिएको र मेसिन जडान गरेपछि बुटवल उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण नर्सरीहरूमा पु¥याउने योजना समितिको रहेको छ । मल सस्तो भएका कारणले पनि मलको माग बढेको हो । बजारमा कम्पोस्ट मल ५० रुपैयाँ प्रतिकेजी भएकोमा प्लान्टबाट उत्पादित मल प्रतिकेजी १५ रुपैयाँमा बिक्री गरिँदै आएको छ ।
समितिले अब मेसिन जडानका लागि थ्रिफेज लाइन जडान गर्ने, प्लान्ट वरिपरि तार जाली लगाउने योजनासहित अगाडि बढेको उनको भनाइ छ । घरघरबाट निस्कने फोहोरलाई समुदाय आपैmँले व्यवस्थापन गरी कम्पोस्ट मलसमेत उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा आएको यो प्लान्ट कृषि तथा वातावरण विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि अवलोकन गर्ने क्षेत्रसमेत बन्न थालेको छ ।
समितिले २ जना फोहोर संकलन गर्ने व्यक्तिमार्फत बुटवल–१० र ८ का केही घर गरी झन्डै साढे ४ सय घरबाट दैनिक रूपमा फोहोर संकलन गर्छ र कम्पोस्ट प्लान्टमा ल्याउँछ । फोहोर संकलन गरेवापत हरेक महिना प्रतिघर ५० रूपैयाँ र होटल तथा रेस्टुरेन्टबाट ८० देखि १ सय रुपैयाँसम्म शुल्क लिने गर्छ । यो शुल्कबाट फोहोर संकलन गर्ने ठेला मर्मत, फोहोर संकलकलाई पारिश्रमिक र प्लान्टको अन्य व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया