संयुक्त, राष्ट्र संघसँग आवद्घ विश्व पर्यटन संगठन (डब्लुटिओ) ले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार सन् २०१३ मा विश्वका विभिन्न देशका नागरिकहरु पर्यटक भएर विश्वका विभिन्न देशमा घुम्न जानेहरु को संख्या सन् २०१२ को तुलनामा पाँच प्रतिशतले बढेको थियो भने सन् २०१४ मा पनि लगभग पाँच प्रतिशतले नै विश्व भ्रमण गर्न निक्लने पर्यटकहरुको संख्या बढेको थियो ।
डब्लुटिओको उक्त प्रतिवेदनमा जनाइए अनुसार विगत लामो समयदेखि विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या बढी रहेको भए तापनि सन् २००० मा विश्वभरि चलेको आर्थिक मन्दीका कारण विश्वका विभिन्न देशमा घुम्न निक्लेका पर्यटकको संख्या घटेको थियो । प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त वर्ष ८० करोड १० लाख जना मानिसले मात्रै विश्वमा पर्यटक भएर घुमेका थिए । जबकि सन् २००८ मा विश्वभरिका २० करोड ७० लाख नागरिकले पर्यटक भएर विश्वका विभिन्न देशको भ्रमण गर्न निस्केका थिए । स्मरण रहोस्, सन् २००० को आर्थिक मन्दीपछि हरेक वर्ष लगातार रुपमा विश्वभरिका मानिसहरु विभिन्न देशमा पर्यटकका रुपमा घुम्ने क्रम बढ्दो छ ।
यसरी हेर्दा विगत लामो समयदेखि विश्वभरिका मानिसहरु पर्यटक भएर घुम्न निक्लनेहरुको संख्या लगातार बढी रहेको देखिन्छ । विश्वका विभिन्न देशका नागरिकहरु पर्यटक भएर विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकको संख्या बढेको सन्दर्भमा भन्नु पर्दा सन् २०१३ मा विश्वका एक अर्ब, आठ करोड, सत्तरी लाख नागरिकले विश्वका विभिन्न देशमा पर्यटक भएर घुम्न निस्केका थिए । जुन संख्या सन् २०१२ को तुलनामा पाँच प्रतिशतले बढी हो । यसरी संख्यात्मक रुपले हेर्दा सन् २०१२ मा विश्वका एक अर्ब, तीन करोड, पचास लाख नागरिकले विश्वका विभिन्न देशमा पर्यटक भएर घुम्न निस्केका थिए ।
विश्व पर्यटन संगठनले आगामी ६ वर्षसम्मको पर्यटन सम्बन्धी प्रक्षेपण गर्ने क्रममा सन् २०२० सम्ममा विश्वमा पर्यटक भएर (आफ्नो देश छाडेर अस्थाई रुपमा घुम्न जाने) दोस्रो देश घुम्न जाने नागरिकहरुको संख्या बढेर एक अर्ब, चालीस करोड पुग्ने प्रक्षेपण गरेको थियो । तर यो प्रक्षेपण भन्दा केही बढी नै संख्यामा पर्यटक संख्या पर्यटकका रुपमा विश्व भ्रमणमा निक्लने देखिन्छ, सन् २०२० सम्ममा । किनभने सन् २०१४ मा विश्व भ्रमणमा निक्लेका पर्यटकको संख्या एक अर्ब, १३ करोड, ८० लाख (४. ७ प्रतिशतले बृद्धि) र सन् २०१५ मा एक अर्ब, १८ करोड, ४० लाख (४.४ प्रतिशतले बृद्धि) मानिसहरु विश्व भ्रमण गर्न निक्लने थिए ।
लगातारको संख्याको बढोत्तरीले नेपालको पर्यटनमा पनि आशाको किरण जगाएको भए तापनि अघिल्लो वर्षको वैशाखमा आएको भूकम्प र अघोषित भारतीय नाकाबन्दीका कारण नेपाल आउने पर्यटकको संख्या (सन् २०१५ मा) लगभग ३८ देखि ४२ प्रतिशतले घटेको अनुमान छ । तर हालसम्म पनि सरकार मातहत रहेको निकायले आधिकारिक रुपमा सन् २०१५ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक आगमन सम्बन्धी तथ्याङ्कको जानकारी औपचारिक रुपमा बाहिर नआएकोले केही भन्न सक्ने अवस्था छैन । यसरी २०६२÷०६३ को राजनैतिक परिवर्तनपछि आठ÷दश लाखको बीचको संख्यामा नेपाल आईरहेको पर्यटकको संख्या २०७२ वैशाखको भुकम्प र अघोषित भारतीय नाकाबन्दीकै कारण लगभग ३८ देखि ४२ प्रतिशतले घटेको अनुमान छ ।
यसरी नेपाल घुम्न आएका विदेशी पर्यटकको संख्यात्क घटाईले नकारात्मक सन्देश दिनुका साथै नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्चले पर्यटन व्यवसायी र मजदुरको आम्दानी पनि घटेको मान्न सकिन्छ । यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको अवर पनि घट्ने पक्का छ । त्यस्तै नेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समूह÷सामाजिक समूह, धार्मिक समूह आदिले गर्ने आकस्मिक नेपाल बन्द, हडताल, चक्कजाम, क्षेत्रीय बन्द लगायत अनेकौं बेमौसमी र अकस्मातको हड्ताल र चक्काजामहरुले पनि आगोमा घ्यू थपे झैं भएको छ, नेपालको पर्यटन क्षेत्रमा ।
त्यसैले सँधैका नेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समूह÷सामाजिक समूह, धार्मिक समूह आदिले गर्ने आकस्मिक नेपाल बन्द, हडताल, चक्कजाम, क्षेत्रीय बन्द लगायत अनेकौं बेमौसमी र अकस्मातको हड्ताल र चक्काजामलाई सँधैका लागि ‘बाई बाई’ गर्न सके निश्चय नै नेपाल आउन चाहने विदेशी पर्यटकको संख्या बढ्ने नै थियो भने उनीहरुमा कम्तिमा ‘नेपालमा बन्द र हडताल हुन छाडेको छ अरे ।’ भन्ने सकारात्मक सन्देश समेत प्रभाव हुने थियो । त्यसैले बन्द र हडतालका विषयमा नेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समुह÷सामाजिक समुह, धार्मिक समुह आदिले ‘कम्तिमा नेपाल बन्द जस्तो कार्यक्रम गर्ने छैनौं ।’
भनी सामुहिक रुपमा प्रतिवद्धतासहित व्यवहारमा लागु गरेदेखि अवश्य नै नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकको संख्या बढ्ने थियो । नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको पनि सीमा तोकिनु पर्छ । किनभने हालै नेपाल आउने पर्यटकले एकजना बराबार नेपाल बसाईको क्रममा लगभग ४७ हजार खर्च गर्छन् भन्ने रिपोर्ट आएको थियो । यो भनेको हालको अमेरिकी डलरको विनिमय दरमा हिसाव गर्दा चार सय डलर हाराहारी हो । नेपालमा बढेको महँगी आदिको हिसावले हेर्दा एकजना पर्यटकले कम्तिमा दैनिक एक सय ५० अमेरिकी डलरदेखि दुई सय अमेरिकी डलरसम्म खर्च गर्नै पर्ने सीमा तोक्नु पर्छ । आफ्नो देशमा घुम्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा विश्का केही देशहरुले लागु गरेर देखाएका पनि छन् ।
यसरी आफ्नो देशमा घुम्न आउने विदेशी पर्यकटकले दैनिक खर्च गर्नै पर्ने सीमा अर्थात् रकम तोक्ने देशहरुमा भुटान, चीन लगायतका देशहरु छन् । त्यति मात्रै होइन, भुटान र चीनले दैनिक खर्चको सीमा तोकेपछि पनि खर्च गर्न सक्ने सबै पर्यटकलाई आफ्नो देशमा ह्वार–ह्वार्ती छिर्न दिंदैन । त्यस्तै पर्यटन र पर्यटकको सम्बन्धमा प्रसंग उठ्दा यहाँ एउटा रोचक प्रसंग सुनाउन मन लाग्यो । कुरो के भने, केही वर्षअघि फिलिपिन्सका पर्यटन मन्त्रीले नेपालको पर्यटनमा छिटो बुझिने भाषामा भन्नु पर्दा ‘झोले पर्यटक’का सम्बन्धमा भनेका थिए, ‘आफ्नो देशमा घुम्न आउने विदेशी ‘ब्याक प्याकर’ पर्यटकहरुले खर्च गर्न’ भन्दा पनि बढी फोहोर (वेस्ट) गर्ने गरेकाले त्यस्ता पर्यटकलाई प्रतिवन्ध लगाइने छ ।’
प्रतिक्रिया