नेपाली कलाको फैलिँदो अन्तर्राष्ट्रिय बजार

nepali art1कला मानव सम्बन्ध र सभ्यता निर्माणको मेरुदण्ड हो । सभ्यता निर्माणमा कलाको अहम् भूमिका रहन्छ । विश्वमा जति पनि सभ्यताको विकास भएको छ, ती सबैको पहिचान कलाबाट भएको छ । हुनत मानव सभ्यताको प्रार्दूभाव पाषणयुगदेखि नै भएको हो ।

पाषणयुगमा मानव जातिले एकअर्कामा संवाद गर्ने माध्यममा आवाज, हाउभाउ तथा रेखाचित्र थिए । त्यहीबेलादेखि मानव जातिले आफ्नो प्रतिभाका कारण नयाँ–नयाँ विषयमा काम गर्दै र आविष्कार गर्दै अगाडि बढे । कलाप्रतिको गहिरो चिन्तन र रुचिका कारण मानवले नयाँ विषयको खोजप्रति जागरण पैदा ग¥यो ।

आज संसारमा जति पनि आविष्कार र विकास भएका छन् तिनको सम्बन्ध र सूत्रधार कला नै हो । मानव सम्बन्धलाई नजिक ल्याउन र भिन्न भूगोलको संस्कृतिलाई बुझ्न कलाको भूमिका अहम् रहन्छ । मानव जातिलाई एकआपसमा सम्बन्ध स्थापित गर्ने माध्यमको रुपमा कलालाई नै लिने गरिन्छ । कला मानव सम्बन्ध र सभ्यता निर्माणको मेरुदण्ड हो ।

देशलाई भौगोलिक सिमाले छुट्याउँछ भने कला र संस्कृतिले सम्बन्धलाई जोड्छ । विश्वमा विकास भएका कला, संस्कृति र सभ्यताले मानव जातिलाई गहिरो गरी जोडेको छ । यसरी सम्बन्ध जोड्ने कार्यमा नेपाली कलाकारको भूमिका पनि अहम् रहेको छ ।

त्यसमा पनि रङ र आकृतिलाई कुनै सिमा रेखा र भाषाको अवरोध नहुने हुँदा यो प्रभावकारी माध्यम बनेको छ । नेपाली कलाको विश्वव्यापीकरण पहिलो शताब्दीदेखि नै भएका मान्न सकिन्छ । नेपालमा बाह्य प्रभावसँगै नेपाली प्रभाव बाहिर पनि पर्न भएको छ । विशेषगरी नेपाली कलामा भारतमा विकास भएका विभिन्न शैलीको प्रभाव परेको पाइन्छ । नेपाल, भारत तथा चीनमा कलाको प्रभाव र शैली एकआपसमा परिरहेको ऐतिहासिक सम्बन्ध हामीसँग रहेको छ । ७औँ शताब्दीमा नेपाली चेली भृकुटीको विवाह तिब्बती राजा स्रङचङ ग्याम्पोसँग भएपछि भने नेपाली कलाको प्रभाव तिब्बत तथा चीनमा पर्न गयो । उनका कारण बौद्ध कलाको तिब्बत तथा चीनमा व्यापक प्रभाव पर्न गयो ।

nepali2

त्यसयता नेपाली कलाकारको तिब्बत तथा चीनमा जाने आउनेक्रम बढ्दै गयो । १३औँ शताब्दीमा अरनिकोले तिब्बत तथा चीनमा निकै कलाकृति बनाए । जसका कारण नेपाली कलाको प्रभाव त्यहाँ पर्न गयो । जुन आजपर्यन्त पनि परिरहेको छ । नेपाली कलाको ठूलो बजार अहिले चीन हो ।

चीनमा वर्षेनी करोडौं मूल्यका कलाकृतिले बजार तताइरहेको तथ्य हाम्रा सामु रहेको छ । हुनत नेपाली कलाको अर्को ठूलो बजार युरोप अमेरिका, भारत, जापान, कोरियालगायतका देशपनि हुन् । नेपाली कला तथा हस्तकलाले नेपालको अनुमानित २० अरबभन्दा बढी मूल्यको व्यापार घाटा कम गरिरहेको यस क्षेत्रमा लाग्ने कलाकारले बताउँछन् । नेपाली कलाकारले हरेक वर्ष अन्तर्राष्ट्रिय मञ्चमार्फत् नेपाली कलाको प्रबर्धनात्मक काम गरिरहेका छन् ।

कला प्रदर्शनी, कार्यशाला, गोष्ठी, आवासीय कला परियोजना आदिमार्फत कलाकारले अन्तर्राष्ट्रिय सम्बन्ध बनाइरहेका छन् । अघिल्ला वर्षजस्तै २०७३ साललाई नियाल्दा नेपाली कलाकार देश भित्र र बाहिर भएका अन्तर्राष्ट्रिय प्रदर्शनी र कार्यशाला सहभागी भए ।

एकापसमा कलाको विनिमयले सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने भएकाले नेपाली कलाकारलाई विदेशमा प्रदर्शनीका लागि लगिने परम्परा रहेको सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालिका संगीता थापाले बताइन् । उनी भन्छिन्, ‘नेपाली कलाकारले विदेशमा गएर गर्ने प्रदर्शनीले हाम्रो कलाको अवस्थालाई चिन्न मद्दत पुग्छ । त्यस्तै विश्वमा चलेका कलाका नयाँ टे«न र शैलीलाई बुझ्न सजिलो हुन्छ ।’ देश तथा विदेशमा भएका अन्तर्राष्ट्रिय गतिविधिले के नयाँ सन्देश दिन सके ? कलामा के के नविन विषय प्रवेश भए ?

अर्थात विश्व कलामा चलेका चिन्तन र शैली, माध्यमको प्रयोग, प्रविधिले पारेको प्रभाव आदिका बारेमा यस्ता प्रदर्शनी तथा कार्यशालाबाट बुझ्न सघाउँ पुग्छ ।  नेपालमा कलाकारेको व्यक्तिगत प्रयास तथा केही निजीस्तरका संस्थाबाट यस वर्ष जे–जति काम भए तिनको प्रभाव लामो समयसम्म रहने विश्वास लिन सकिन्छ । यी प्रयासले कला क्षेत्रलाई चलायमान बनाए पनि राज्य नियन्त्रित संस्थाबाट नीति तथा कार्ययोजनाका रुपमा अन्तर्राष्ट्रिय कार्यक्रम हुन सकेनन् । यस दृष्टिले यो वर्ष उपलब्धिविहिन नै रह्यो । नेपाली कलाको विकास गर्ने उद्देश्यले स्थापित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गतिविधि शून्यप्रायः नै रहे । आन्तरिक किचलोको कारण यसले आफ्नो उद्देश्य र अपेक्षा गरेका कार्यसम्पादन गर्न सकेन् ।

nepali art3

प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय गतिविधि हुनै सकेन । हरेक दुई वर्षकोअन्तरालमा बंगलादेशमा हुने ‘एसिया बायनाले’ मा प्रतिष्ठानले पहिलेजस्तो संस्थागत सहभागिता समेत जनाउन सकेन ।यसको अन्तिम महिना २६ मुलुकका ७० बढी कलाकार सहभागी रहेको ‘काठमाडौं ट्रिएनाले–२०१७’ निकै चर्चित रह्यो ।

नीजिस्तरको प्रयासबाट नेपालमा बृहद् कला प्रदर्शनी हुनु सामान्य विषय होइन । सिद्धार्थ आर्ट फाउन्डेसन र समकालीन कला संग्रहालय (स्माक) बेल्जियमको संयुक्त आयोजनामा भएको यो प्रदर्शनी नेपाली कला इतिहासमै चर्चा गर्न लायकको रहेको छ । तीन वर्षको अन्तरालमा गरिने कला उत्सवलाई ट्रिएनाले भन्ने गरिन्छ ।

यसको सुरुवात् भेनिसबाट भएको हो । ट्रिएनाले या बायनाले (दुई वर्षको अन्तरालमा गरिने प्रदर्शनी) गर्न इटलीको भेनिसमा रहेको यसको कार्यालयबाट स्वीकृति लिनुपर्छ । नेपालमा गरिएको ‘काठमाडौं ट्रिएनाले’ पनि भेनिसबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय कला उत्सव हो ।

नेपाली कलाको वस्तुगत स्थिति कस्तो रहेको छ र विश्व कलामा चलेको चिन्तन र शैलीका बारेमा जानकारी लिन यसले सघाउ पु¥याएको छ । युरोप, अमेरिका, एसियाका थुप्रै कलाकारको बाक्लो उपस्थितिले ट्रिएनालेको रौनकता बढेसँगै विदेशी कलाकारले नेपाली कला र संस्कृतिका विविध आयामलाई बुझ्ने अवसर पनि पाएका छन् ।

त्यस्तै मंसिरमा ४० देशका कलाकार सहभागी रहेको ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ पनि नेपालमा हुन सक्यो । यस महोत्सवमा २ सय १५ कलाकार सहभागी भएका थिए । नेपाली प्रकृति, संस्कृति र पर्यावरणलाई चिनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्यो । ८० देशमा शाखा रहेको अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गरेको यस महोत्सवमा गरिएको कार्यशालाले भूकम्पपछिको नेपालको वस्तुस्थितिलाई कलाका माध्यमबाट विश्वमा पु¥याउन मद्दत पु¥यायो । यो महोत्सव प्रभावकारिताका दृष्टिले महत्वपूर्ण रह्यो । कतिपय विदेशी कलाकारले अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालका विभिन्न स्थानका चित्र राख्ने गरेका छन् ।

वन मन्त्रालयको संयोजनमा राजधानीको प्रज्ञा भवनमा १७० देशका मूर्तिकारले काष्ठमूर्ति कार्यशालामा सहभागी भए । विश्वमा पर्यावरणमा परिरहेको प्रभाव र बढ्दो तापक्रमको विषयलाई कलाकारले मूर्तिमा मूर्तन गरेका थिए । यसले नेपालको जैविक विविधता, पर्यावरण, प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पु¥यायो ।जरा फाउन्डेसनले पनि १० देशका ३६ कलाकारलाई नेपाल आर्ट काउन्सिलमा जमघट गराई प्रदर्शनी तथा कार्यशाला ग¥यो । साथै फाउन्डेसनको संयोजनमा भारतको सिलिगुढीमा समेत नेपाली कलाकारका कला प्रदर्शनी तथा कार्यशाला भयो ।

नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईले बताए । वन्यजन्तु पीडित उद्धार कोषको आयोजनामा नेपालमा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला तथा प्रदर्शनी भयो । नेपाल आर्ट काउन्सिलको संयोजनमा दिल्लीमा भएको ‘इन्डिया आर्ट फेयर’ मा आधा दर्जन नेपाली कलाकारको उपस्थिति रह्यो । फेयरमा सहभागी कलाकारका कलाकृतिको अन्तर्राष्ट्रिय रुपमै चर्चा भयो । समकालीन विश्व कलामा नेपाली कलाकारले उचाई लिने वातावरण निर्माण भइरहेको सहभागी कलाकार हितमान गुरुङले बताए ।

सिद्धार्थ आर्ट ग्यालरीको संयोजनमा भारतको गोवामा समेत नेपाली कलाकारका कलाकृतिको प्रदर्शनी गरियो । सोही ग्यालरीको सहकार्यमा डेनमार्कमा आधा दर्जन नेपाली कलाकारका कला प्रदर्शनी भए । सिद्धार्थ ग्यालरीले नेपाल तथा विदेशमा गरी आधा दर्जन कला प्रदर्शनीको आयोजना गर्न सकेको छ । पार्क ग्यालरीले रसियामा एक दर्जन बढी नेपाली कलाकारका कलाकृति लगि प्रदर्शनी ग¥यो । थाङ्का हाउस ठमेलको आयोजनामा १८ जना नेपाली कलाकारको चीनको बेजिङमा ‘नेवार कला’ प्रदर्शनी भयो । चिनियाँ बजारमा नेपाली कलाको आकर्षण बढ्दै गएको हाउसका सञ्चालक वीरेन्द्र शाहीले बताए ।

क्लासिक आर्ट ग्यालरीले भारतको चेन्नइमा आधा दर्जन कलाकारका प्रदर्शनी गरेको ग्यालरी सञ्चालक सरिता डंगोलले बताउनुभयो । पछिल्लो समय भारतीय कला बजारमा भिज्दै जानुभएका उमाशंकर साह र डा. सीमा शर्मा साह दम्पत्तिको दिल्लीको गणेशा ग्यालरीमा प्रदर्शनी भयो । नेपाल आर्ट काउन्सिलमा न्यू आर्ट सर्कलको सहयोगमा ८ देशका कलाकारका प्रदर्शनी तथा कार्यशाला भयो । मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रियस्तरको ‘कृष्णलीला’ विषयमा प्रदर्शनी भयो । फागुनको दोस्रो हप्ता झापाको काँकडभित्तामा भएको कला–साहित्य उत्सवमा नेपाल र भारतका कलाकार सहभागी भई कार्यशालाका साथै प्रदर्शनी गरे । यसका साथै दुवै देशका कलाकारबीच कलाका विविध आयामका बारेमा बहस गराइयो ।

चैतको पहिलो साता नवलपरासीमा कलावती आर्ट काउन्सिलको आयोजनामा प्रकृतिसम्बन्धी कार्यशाला तथा प्रदर्शनीको आयोजना ग¥यो । सो कार्यशालामा नेपाली प्रकृति, पर्यावरण र जैविक विविधतालाई उधिनिएका कलाकृति बनाई मध्यविन्दु कलेज कावासोतीमा प्रदर्शनी गरिएको थियो । कलाकार कविराज लामाले जर्मनी, जापान, भारत चीनमा प्रदर्शनी गरे । अर्का कलाकार अजित साहले अमेरिका र श्रीलंका पुगी एकल प्रदर्शनी गरे । विन्दु आर्ट स्पेशबाट सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठले जापानमा भएको पर्फर्मेन्स आर्ट फेस्टिभलमा भाग लिए ।

हितमान गुरुङले चीन, अस्ट्रेलियालगायतका देशमा कला प्रदर्शनी गरे । त्यसैगरी रविन्द्र श्रेष्ठको अमेरिकाको हार्वड युनिभर्सिटीमा कला प्रदर्शनी भएको छ । सिद्धार्थ आर्ट फाउन्डेसन एजुकेसन इनिसिएटिभले अन्तर्राष्ट्रिय रुपमा कलालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नेपालमा कार्यशाला, गोष्ठी, बहस आदि ग¥यो । कला व्यवस्थापन, कला लेखन, क्युरेटिङ आदि विषयमा गरेका कार्यशाला प्रभावी बन्दै गइरहेका छन् । यस वर्ष नेपालमा मात्रै डेढ दर्जन बढी अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भए ।

अमेरिका, युरोप, जापान, चीन, भारत, थाइल्यान्ड, कोरिया, बंगलादेश, श्रीलंकालगायतका दुई दर्जन बढी मुलुकमा नेपाली कलाकार पुगी कला प्रदर्शनी तथा कार्यशालामा सहभागी भए । अन्तर्राष्ट्रिय कला गतिविधिले सीप र चिन्तनका बारेमा ज्ञान आदनप्रदान गर्न मद्दत पुग्यो ।

प्रतिक्रिया