झापा, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक आन्दोलन पछी उच्च पदमा बसेका नेता र सरकारी अधिकारीको सम्पत्ति छानबिन गर्न छुट्टै आयोग गठन हुनुपर्ने माग गर्नुभएको छ ।
झापमा आज आयोजित पत्रकार सम्मेलनमा थापाले लोकतान्त्रिक अन्दोलन पछि उच्च पदमा बसेका राजनीतिक नेतृत्व भ्रष्ट भएको आरोप लगाउनुभयो । माओवादी लडाकुहरुको रासन भत्तादेखि विभिन्न बहानामा भएको भ्रष्टाचारले विश्वमा नेपाल बदनाम भएको अध्यक्ष थापाको भनाई थियो ।
अध्यक्ष थापाले नयाँ संविधानमा राजसंस्थालाई न्योचित स्थान दिन जरुरी रहेको बताउनुभएको छ । राजसंस्थालाई संविधानको परिधिभित्र अटाउँन नखोजिए त्यो निषेधको राजनीति हुने थापाले बताउनुभयो ।
प्रतिक्रिया