डुंगा दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, २ असोज । भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् ।

असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ । आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो ।

आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरु सो दुर्घटनामा परेका जनाइएको छ । गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया