नेप्सेमा बियरिस ट्रेन्ड कायमै

सौर्य समाचार


काठमाडौ ६ फागुन । नेप्से परिसूचकमा बियरिस टे्रन्ड कायमै छ । एमाओवादी नेतृत्वको सरकारलाई लगानीकर्ताले विश्वास गर्न नसकेका कारण लामो समयदेखि सेयर कारोबार घट्दो अवस्थामा रहेको हो ।
सरकारले आफूलाई निजी क्षेत्र र लगानीमैत्रीका रुपमा प्रस्तुत गरे पनि अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन । सोही कारण डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको दिन ११ भदौमा १० अङ्कले घटेको नेप्से परिसूचकको उल्टो गति अझै निरन्तर छ ।
नेप्से घट्नुको मुख्य कारण माओवादी नेतृत्व रहेको लगानीकर्ता बताउाछन् । यो तबसम्म घटिरहन्छ, जबसम्म सेयरबजार र लगानीकर्ताले माओवादी नेतृत्वको सरकारलाई विश्वास गर्दैनन् । यस्तो अवस्थामा सरकारले माओवादी निजी क्षेत्रको मित्रशक्ति हो भन्ने कुरा प्रमाणित गर्न नसकेसम्म बजारमा सुधार आउन नसक्ने लगानीकर्ता बताउाछन् ।
नेप्से परिसूचक लामो समयदेखि निरन्तर घटिरहेको छ । अहिले यो परिसूचक चार वर्षअघिको अवस्थाभन्दा पनि तल झरिसकेको छ । गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय १२ कम्पनीको कारोबार भएको थियो । जसमा पााच हजार ९ सय ५४ कारोबारबाट नौ करोड ९४ लाख ६३ हजार रुपैयााबराबरका चार लाख ६५ हजार ८ सय ३ कित्ता सेयर खरिद-बिक्री भएका थिए ।
योभन्दा अघिल्लो साता एक सय १८ कम्पनीको कारोबार भएको थियो । जसमा पााच हजार सात सय ८४ कारोबारबाट १० करोड ६२ लाख ८० हजार रुपैयााबराबरका चार लाख ९७ हजार सात सय ८७ कित्ता सेयर खरिद-बिक्री भएका थिए ।
कारोबार रकममा गत साताको तुलनामा ६ दशमलव ४१ प्रतिशतले ह्रास आएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र पााच करोड ९४ लाख रुपैयााबराबर कारोबार भएको छ । यो कुल कारोबारको ५९ दशमलव ७४ प्रतिशत हो ।
त्यसैगरी, साताको नेप्से पहिलो दिनको तुलनामा शून्य दशमलव २५ अङ्कले वृद्धि भई अन्तिम दिन तीन सय १२ दशमलव १३ अङ्कमा पुगेको छ । साताको समूहगत परिसूचकतर्फ वाणिज्य बैंक समूहको सूचकाङ्क पहिलो दिन दुई सय ५६ दशमलव ६१ रहेकोमा साताको अन्त्यमा शून्य दशमलव ६७ अङ्कले ह्रास आई दुई सय ५५ दशमलव ९४ अङ्कमा झरेको छ । उत्पादनमूलक समूहको सूचकाङ्कमा सबैभन्दा बढी १७  दशमलव २८ अङ्कले कमी आएको छ । अन्य समूहको परिसूचकमा भने ९ दशमलव ४० अङ्कले सुधार आएको छ ।
त्यसैगरी, जलविद्युत्तर्फ २ दशमलव शून्य ४ प्रतिशत र व्यापारतर्फ शून्य दशमलव २६ अङ्कले सुधार आएको छ । बााकी समूहअन्तर्गतका बिमातर्फ १ दशमलव ३३, वित्तमा १, विकास बैंकतर्फ २ दशमलव ५० बिन्दुले गिरावट आएको छ । सेन्सेटिभ इन्डेक्सतर्फ शून्य दशमलव १९ र फ्लोट इन्डेक्सतर्फ शून्य दशमलव शून्य ३ ले कमी आएको नेप्सेले जनाएको छ ।
गत साता कारोबार रकम एक करोड ३६ लाख रुपैयााका आधारमा बैंक अफ काठमाण्डू, सेयर कित्तातर्फ  ६७ हजार पााच सयका आधारमा किस्ट बैंक र कारोबार सङ्ख्याका आधारमा हिमालयन फाइनान्स अग्रस्थानमा छ । साताको उत्कृष्ट पााच कम्पनीमा बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, किस्ट बैंक र चिलिमे हाइड्रो पावर छन् । सूचीकरणतर्फ भने युनिक फाइन्ाान्स र कास्की फाइन्ाान्सको हकप्रद सेयर, गौरीशङ्कर डेभलपमेन्ट
बैंक, नेसनल लाइफ इन्स्योरेन्स तथा सोल्टी होटलको बोनस छन् ।

प्रतिक्रिया