प्रदेश नं. २ र अनुभूति

Dr. Rajkumar Pokhrel copyहुन त प्रदेश नंं. २ सँग मेरो राम्रो परिचय भएको झन्डै २६ वर्ष भएछ । त्यस प्रदेशको रौतहटदेखि वीरगञ्ज, जनकपुर सिराहा सप्तरी मेरा लागि अपरिचित स्थान होइनन् । खासगरी सिराहा र सप्तरीबारे अरूभन्दा अलिक नजिकबाट चिन्ने मौका पनि पाएको छु । ०६४ सालको मधेस आन्दोलनको परिणामले उब्जाएको अवस्थाले थुप्रै मानिसहरूको त्यहाँबाट भएको विस्थापन धेरैका लागि पीडादायी बनेर बसेको छ । मधेस आन्दोलनका नाममा पारितिरबाट ल्याइएका मानिसहरूले गरेको पहाडी समुदायका मानिसहरू माथिको अत्याचारको पीडाको मर्मलाई र त्यो पीडालाई नजरअन्दाज गरेर अहिले पनि केहीे बज्रस्वाँठहरू पारिकै दाममा बिक्री भएर वा किन हो ‘पहाडी सामन्ती मानसिकता’ देख्छन् र यस्तो देख्ने मानिस अहिलेको नेपालको सत्ता गठबन्धनको राजनीतिभित्र देखिन्छन् ।

०७० सालको संविधानसभाको निर्वाचनताका मत सर्वेक्षणको अनुमान गर्न र समावेशी अवधारणाको यथार्थता बुझ्न नेपालको संविधान ०७२ ले निर्दिष्ट गरेको प्रदेश नं. २ मा पाइला टेकिएको थिएन । त्यो पाइला सुख्खा या खडेरीको मौसममा मात्र थियो । ४ वर्षपछि यसपल्ट काम विशेषले प्रदेश नं. २ धनकुटादेखि राजविराज लाहानसम्म पुग्ने मौक मिल्यो । विराटनगरबाट हवाइजहाजबाट बेलुका ६ बजे उडेर काठमाडौं आइपुगियो भोलिपल्ट बिहानै समाचार आयो विराटनगर विमानस्थल जलमग्न । ०७४ साउन २६ गते लाहान, राजविराजतिर जाँदै गर्दा भारतीय बलमिच्याइँ र नेपाली शासकहरूको दासतापूर्ण मानसिकताको उपज ०६५ सालमा कोसी नदीले मच्चाएको वितण्डताको सिकार भएका मानिस भाण्टाबारीबाट इनरुवातिर जाने बाटोको किनारमा कोसी छेकिएको विश्वासमा कोसीले थुपारेको बालुवामाथि घर बनाई बसेका रहेछन् तर उनीहरूको घर फेरि जलमग्न देखियो ।

सायद २८ गतेसम्म उनीहरू पुनः विस्थापित भएको हुनु पर्दछ । २६ गतेको रात राजविराजमा बस्दाबस्दै खाँडो खोलाको बाढी र डुबानबारे सुनियो । २७ गते बिहान माओवादी केन्द्रनजिक भएर राजनीति गर्ने एक जना मित्रसँगै खाँडो खोलाको छेउछाउको बस्ती र बाली हेर्न भनेर हामी गयौं । वरपरको धानबाली डुबीसकेको थियो । खेत या पोखरी भन्न सकिदैन थियो । केही घरहरू आधा आधा डुबीसकेका थिए । त्यो डुवानको दृश्य देखेर हामी हनुमाननगरको एउटा चिया पसलमा गयौं। चिया पसलमा करिव २०। २५ मानिसहरू थिए र डुबानको विषयमा चर्चा गर्दै थिए । उनीहरू केही नपाउँदा सरकारलाई गाली पनि घरीघरी गरिरहेका थिए । उनीहरूको कुरा एकछिन सुनेपछि मलाई बोल्न मन लाग्यो । मैले उनीहरूसंगै अनुमति मागेर मैले गलत भने भनें यो गलत भयो भन्नसमेत उनीहरूलाई आग्रह गर्दै कुरा उठाएँ ।

‘म कुनै पार्टीको कार्यकर्ता होइन । तर यस्तो हुनुमा म यहाँकै जनतालाई पहिले दोष दिन्छु’ भन्दै कुरा अगाडि सारें । पारितिर भारतले बाँध बाँधेको छ, सडक बनाएर जाने पानी थुनेको छ, यसको विरोध कतै तपाइहरूले गर्नु भएको छ ? भारतीय दादा गिरीको विरोध यहाँका जनताले किन नगर्ने ? तपार्इंहरू यस विषयमा किन चुप ? अर्को कुरा विरोध गर्ने मानिसहरूलाई तपाईंहरूले मधेस आन्दोलनको नाममा लखेटिसक्नु भएको छ र आफ्नो रक्षामा उभिएका मानिसहरूलाई तपार्इंहरूले चिन्न सक्नुभएन । त्यो पहाडी समुदाय थियो जसले भारतीय हैकमको विरोध गर्दथ्यो । यस्तो विरोध गर्नाले सरकार पनि जनताको विरोध भनेर केही हच्कन्थ्यो र भारतलाई कडा गरेर भन्न नसके पनि ज्याजदी भयो भनेर बोल्न त वाध्य हुन्थ्यो ।

तर, आफूलाई डुबाउने काम तपार्इंहरू आफैंले गर्नुभएको छ । तपाईंहरूको त्यो काममा सरकारले सहयोग गरेको छ । पछिल्लो दिनमा पनि भारतीय ज्याजदीको यस्तो कुराहरू तपाईहरूलाई बुझाउन आएकाहरू, तपाईहरूको यो समस्या देखेर सरकारी बजेट राम्रोसंगले विनियोजन गर्नैपर्छ भनेर काम गर्नेहरू तपाईंको घर दैलोमा भन्न आउँदा तपाइहरू भाला, लाठा, हतियार लिएर तिनीहरूलाई खेद्न जाने, आमसभा गर्न नदिने जस्ता काम गर्न लाग्नु भयो भन्दै मैले कुनै दल विशेषको नाम नलिई भारतीय दादागिरीको विरोध र तराईको समस्याबारे आफ्नो धारणा तपाईंहरूमाझ राख्न आउँदा उसले रंगशालामा त आमसभ ागर्न पाएन पाएन औद्योगिक क्षेत्रमा पनि पनि आक्रमण गरियो, त्यसमा तपार्इंहरू सामेल हुनुहुन्थ्यो या हुन्नथ्यो मलाई थाह छैन तर उनीहरूलाई मधेसविरोधी भन्दै लखेट्न खोजियो ।

यो के जायज हो ? अनि यो ठाउँका जनता पानीमा नडुवे को डुब्ने ? जसले मधेस आन्दोलनको नाममा तपाईहरूलाई भड्काइरहेछ र विहान वेलुकै उठेर भारतीय राजदुतसंग चिया र खाना खान जान्छन् र भारतबाट सम्भवत दाम लिएर तपाईहरू माथि शासन गर्न खोज्छन् । खै तिनीहरूले भारतीय काम कारबाहीको विरोध गरेको ? खै यो बाढी र डुबानको विषयमा बोलेको ? यसरी भारतीय दास बन्नेहरू ती मधेस विरोधी हुन्, मधेसी जनता विरोधी हुन् र नेपालविरोधी हुन् । तिनीहरूको पछि लाग्नु यहाँका जनताको भुल हो । म त पहाडी मूलको मान्छे मैले बुझेको यही हो ? गलत भए माफ गर्नु होला । कतै आवेगमा पनि आएर आधा घण्टा म एकतर्फीबोल्दा तिनीहरू सुनीरहे । कसैले केह भनेन। एक जना म भन्दा पाका जसतो लाग्ने मान्छेले ‘ठीकै त कैहिछे बात त’ भनेजस्तो सुने ।

मलाई मैथली बोल्न आउदैन । चिया खाएर हामी राजविराजतर्फ हिँड्यौं । उनीहरूको प्रतिक्रिया कुनै आएन । मसँगै जाने माओवादी केन्द्रको समर्थनमा राजनीति गर्ने तराई समुदायको मित्रले आउने वेलामा बाटोमा भने ‘तपार्इंले त एमालेको पो प्रचार गरिदिनुभयो’ । मैले भने, मैले कुनै पार्टी विशेषको नाम लिएको छैन’ सत्यको पक्ष लिएको हो । ‘हिजो ०६४ सालमा रौतहटमा माओवादी कार्यकर्ता मारिँदा उक्त ज्यादतीको विरोध गरेको हो र माओवादीको सही कुरालाई समर्थन गरेको हो, आज माओवादी राष्ट्रघात, जनघातको आहालमा डुब्छ र एमाले जनता र देशको पक्षमा लाग्छ भने त्यसलाई ठीक भन्न तपाईहरू जस्तो कार्यकर्ताले पनि हिच्किचाउनु हुन्न । हेर्दा र भन्दा एमाले अहिलेको राजनीतिमा मधेसविरोधी भनियो तर, तराईका लागि सरकारी स्तरबाट राम्रो बजेट कस्ले दियो ?’ मैले यो कुरा भनेपछि उनी पनि चुप लागे ।
०६४ साल यता प्रदेश नं.२ असुरक्षाले जकेडियो । व्यापारीहरू भन्छन्, प्रदेश नं. २ उद्योगहरू सबै सिद्धिएर उद्योगीहरू भन्छन् सबै २ नम्बरी मात्र भए । स्थानीय रैथानेहरू भन्छन्, यहाँ त २ नम्बरी मात्र आए । होटलको स्तर झरेको छ । फोहोर जथाभावी छ । व्यापार खस्किएको छ । भनिन्छ माल २ नंम्बरी मात्र छ । यो मेरो भनाइ होइन त्यहाँका मानिसहरूको हो र तराइवासी मधेसी भनिनेहरूकै हो । अब बुझाैँ मधेसको नाममा राजनीति गर्न खोज्नेहरू कसका लागि राजनीति गर्दा रहेछन् । मलाई यो लेखिरहँदा राजविराजको एउटा दृष्यले नेपाली कांग्रेस भनिने जन र नेताहरूलाई एउटा प्रश्न गर्न मन लागिरहेको छ । २०३७ सालमा पहिलो पल्ट म राजविराज जाँदा राजविराजको खर्सालटोलमा वरिष्ठ अधिवक्ता रामकृष्ण गौतमको घरदेखिनजिकै पश्चिमतिरको एउटा घर कमपाउन्ड देखाएर एकजना अनेरास्ववियुका विद्यार्थीले देखाएर मलाई परिचय गराएका थिए त्यो घर कांग्रेसको आन्दोलनमा सहिद हुने भीमनारायण श्रेष्ठकी दिदीको घर रे त्यो ।

त्यहाँ काँग्रेसी जनहरूको यदाकदा कुराकानी पनि हुन्छ । त्यसवेला देखेको त्यो घरमा म आफैं पनि गएर पछि केही रात बास बसेको छु । अहिले त्यो घर हेर्दा बाहिरबाट ढोकामा ताल्चा लगाइएको छ । भित्र सवै खुला छ । छतमा बढेमाको पिपल रुख भएर उभिएको छ । वर्षमा घर चुहिरहेको छ । घर बिक्री भएको छैन । त्यससँगै रहेका त्यही घरका छोराहरूको घर भने ०६४ सालपछि बेचिए । ती बेचिएका घरमा बसेका मानिसहरूलाई मैले सोधें ‘यो घर तपाईहरूले किनेको हो ?’ उनीहरूले जवाफ दिए हो । तपाईंहरू कहाँबाट आउनुभएको ? अफ्ठ्यारो मान्दै भने बिहारबाट । बाहिर गेटमा उभिएर त्यहाँको मान्छेले दिएको जवाफ हो यो । यो सुनिसकेपछि मलाई नेपाली कांग्रेस अहिले संसद्मा संविधान संशोधन गर्न कस्सिएर लागेको छ ।

त्यसमा नागरिकतासम्बन्धी कुरा पनि छ । यो घरको नाम एउटा प्रतीक मात्र हो र म नेपाली कांग्रेसका माननीयहरूलाई यो प्रश्न गर्न मन लागेको छ कि तपाईंहरू सहिद भीम नारायणकी बहिनीको परिवारलाई विस्थापित गरेजस्तै अझै गतिलाई विस्थापित गर्न लागिरहनुभएको छ ? यस्तै, हुनका लागि तपाईका पार्टीका मानिसहरूले मान्छेहरूलाई सहिद बनाउने गरेको हो ? चुनावको अलिअलि सुरसार रहेछ । मसाल र हसिया हथौडाका झण्डाहरू यदा कदा देखिए । कांग्रेस बाहिरबाट बलियो छ तर, भनिन्छ ताकपरे तिवारी राजपातिर त होइन मसाल चुनाव चिन्हतिर धेरैको मन छ । सूर्ये कतै सत्य बोल्नै नसकेर कि नजानेर हो अझै भूमिगत जस्तै छ । प्रदेश नं.२ एक अनुभूतिमा ।

प्रतिक्रिया