६० भन्दा बढी तालिवान मारिए

wire-440765-1492833669-908_634x427सारी पुल २४ साउन । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आतंककारी आक्रमणमा परी कम्तीमा ५० तालिवानको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । सैयाद जिल्लाको मिल्जा आलाङ गाउँमा तालिवान र इस्लामिक आतंककारी समूहले गत बिहीबार संयुक्तरूपमा आक्रमण गरेका र शनिबार सो इलाका कब्जामा लिएका थिए ।

सोही इलामामा भएको आक्रमणमा परी ५० भन्दा बढी तालिवानको मृत्यु भएको छ । यस आक्रमणमा मारिएका प्रायः सिया मुसलमान समुदायका व्यक्तिहरू रहेका बताइएको छ । तालिवान आतंककारी समूह र आइएस समूहले पूर्व–उत्तर र दक्षिणी अफगानिस्तानको अशान्त क्षेत्रमा बारम्बार आक्रमण गर्दै आएका छन् । अफगान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाले कडा शब्दका यस आक्रमणको निन्दा गरेका छन् ।

यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार उत्तरी अफगानिस्तानको फयाव प्रान्तका तालिवान आतंककारीविरुद्धको कारबाहीमा थप १० जना मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेको इलाकामा लक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा १० आतंककारी मारिएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ । घोर्मात र खाव्जा सबज्पोस जिल्लामा शनिबार राती तालिवान आतंककारी लुकेर बसेको इलाका लक्षित आक्रमणमा ती आतंककारी मारिएका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार यस हवाई आक्रमणमा सर्वसाधारण नागरिक भने कुनै हताहत नभएको समाचारमा जानकारी दिइएको छ ।

प्रतिक्रिया