बुधबारसम्म सहमति खोजिने

काठमाडौं, २५ वैशाख । प्रमुख दलहरुको आग्रहमा विवाद समाधान उपसमितिले सहमतिका लागि भन्दै आफ्नो समय बुधबारसम्मका लागि लम्बाएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति खोज्नका लागि भन्दै दुई दिनको समय थप गरेको कांग्रेस उपसभापति रामचन्दै पौडेलले जानकारी दिए ।
नेताहरुका अनुसार संवैधानिक समितिको बैठकपनि बुधबारसम्म स्थागित गरिएको छ ।
त्यसै गरेर उपसमितिले संवैधानिक समितिको सचिवालयलाई संविधानसभामा प्रक्रिया अनुसार विवादित बिषयहरु प्रवेश गराउने औपचारिक प्रक्रियाको तयारी गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया