एजेन्सी, २४ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी ट्वेण्टी शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको छ। उनिहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आरोपित रुसी हस्तक्षेपबारे छलफल गरेका छन्।
अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले दुईजनाबीच महवपूर्ण कुराकानी भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्ने प्रष्ट नभएको बताए। रुसी विदेश मन्त्री सेर्गेइ लावरोवले ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रुस संलग्न नरहेको भन्ने पुटिनले आश्वस्त तुल्याउन खोजेको कुरालाई ट्रम्पले स्वीकार गरेका बताए।
बीबीसीका उत्तर अमेरिका संपादक भन्छन्( यदि लावरोवको भनाइ ठिक भए ट्रम्पले आफ्नो गुप्तचर सेवाको भन्दा पुटिनका भनाइ स्वीकार गरेका छन्। टिलरसेनले भने – दुई राष्ट्रपतिहरु असाध्यै छिटो एकअर्कासँग घुलमिल भए र उनीहरुबीच सकारात्मक भावना देखियो।
प्रतिक्रिया