ओसामा बिन लादेनको अन्तिम क्षण उनकै श्रीमतीको बयानमा….

bin-ladenलन्डन । १ मे , सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेसनको कहानी थुप्रै पटक बताइसकेका छन् तर, पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रातबारे वर्णन गरेकी छन् । अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनीहरूको किताब ‘द एग्जाइल ः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यु मिनेट्स अफ नाइन एन्ड इलेभेन मास्टरमाइन्ड्स लाइफ’ का लागि कुराकानी गरेकी छन् । यो किताबको एक अंश सन्डे टाइम्स युकेले छापेको छ । रातीको खाना खाएपछि र भाँडा माझेपछि लादेन परिवारले नमाज पढेको थियो । त्यसपछि लादेन आफ्नी श्रीमतीसँग माथिल्लो तल्लाको बेडरुममा गएका थिए । १ मे, सन् २०११ को राती ११ बजे अलकायदा प्रमुख ओसामा बिन लादेन गहिरो निन्द्रामा पुगिसकेका थिए ।
पाकिस्तानको एबटावादमा ओसामाको त्यो गोप्य घरमा अचानक बत्ती बल्न बन्द भयो । पूरा घर अँध्यारोमा डुबेको थियो । पाकिस्तानमा बत्ती जानु सामान्य कुरा हो । यस्तोमा कसैले पनि उक्त कुरामा ध्यान दिएनन् । आधा रातमा अचानक अमालको निन्द्रा खुल्यो । उनले केही सुनेकी थिइन् । अमाल को ललाटमा एक्कासि चिन्ताको रेखा कोरिएका थिए । अमाललाई कोही माथि आइरहेको भान भयो । अमाललाई ढोकाबाट कोही छिरिरहेको आभास भयो किनभने केही व्यक्तिको छायाँ देखिएको थियो । आकाश गर्जिएको जस्तो आवाज आयो । उक्त आवाज अचानक बढ्यो । अमालका अनुसार लादेन अचानक ओछ्यानबाट उठेर थचक्क बसे । उनको अनुहारमा स्पष्ट रूपमा डर झल्किरहेको थियो । लादेनले उनलाई बेस्सरी समाते । अमालले भने, ‘हामीले माथि कोही आइरहेको महसुस गरेका थियौंै । यो देखेर हामी निकै आत्तिएका थियौं । अचानक घरको ढोका थर्कन थालेको थियो ।’ अमाल भन्छिन्, ‘उनीहरू बाल्कोनीको ढोकाबाट अँध्यारोमा भित्र आइरहेका थिए । अमेरिकाको एक ब्ल्याक हक हेलिकोप्टर हामीले घर नजिकै देखेका थियौं ।

केही समयपछि अर्को हेलिकोप्टर पनि आइपुग्यो । त्यसपछि अमेरिकी सेनाको यो विशेष समूह एक भए । उनीहरू दोस्रो तल्लाको बेडरुमसम्म पुगिसकेका थिए ।
अमाललाई लाग्यो कि कसैले उनीहरूलाई धोका दिए ।’ ओसामा बिन लादेनको जीवनको अन्तिम क्षणबारे अमालले किताबलाई दिएको अन्तर्वार्तामा बताएकी छन्।वर्षौंदेखि उक्त घरमा लादेनको परिवार बसिरहेको थियो । ओसामाले आफ्ना श्रीमतीहरूलाई बच्चासहित तल जान निर्देशन दिएका थिए । उनीहरूले श्रीमती र बच्चाहरूलाई नभई आफूलाई मार्न चाहेको पनि ओसामाले बताएका थिए । यद्यपि, अमालले आफ्ना छोरा हुसैनसँग ओसामासँगै बस्ने आग्रह गरेकी थिइन् । अमालले भनिन्, ‘हेलिकोप्टरको आवाजका कारण उनको निद्रा खोलिएको थियो । ठूलो आवाज आयो र घर नराम्रो तरिकाले हल्लिएको थियो । हामी दुबैजना एक–अर्कालाई समातेर बाल्कोनीमा लुकेका थियौं ।’
त्यो रात औंशीको थियो त्यसकारण निष्पट्ट अँध्यारो थियो । अमेरिकी सैनिक हाम्रो घरभित्र आइसकेको थियो । अमालका अनुसार कसैले उनको घरबारे सबैकुरा जानकारी दिएका थिए । अमालले भनिन्, ‘यो स्पष्ट छ कि कसैले हामीलाई धोका दिएको छ । हामीले यस्तो प्रकारको हमलाको कहिले आशंका गरेका थिएनौं ।’त्यतिबेला ओसामाले छोरा खालिदलाई बोलाए । उनले एके–४७ उठाए । यद्यपि, अमाललाई थाहा थियो कि खालिदले बन्दुक चलाउन सक्दैनन् किनभने उनी त्यतिबेला १३ वर्षका मात्र थिए । बच्चाहरू रोइरहेका थिए र अमाल उनीहरूलाई फकाइरहेकी थिइन् । अमेरिकी सैनिक माथिल्लो तल्लामा पुगिसकेका थिए । त्यसपछि सबैकुरा ध्वस्त हुन केही बेर पनि लागेन ।

प्रतिक्रिया