‘अविश्वासको प्रस्ताव सामना गर्ने सहमति’

काठमाडौं, २० वैशाख । एकीकृत माओवादी र संयुक्त लोकतान्त्रि मधेसी मोर्चाले सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए सामना गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारमा आज बसेको एमाओवादी र मधेसी मोर्चाका नेताहरुको बैठकले अविश्वासको प्रस्ताव आए मिलेर सामना गर्ने सहमति गरेका हुन् । उनीहरु शान्ति र संविधान विथोल्न अविश्वासको प्रस्ताव ल्याउन लागेको आरोप कांग्रेस र एमालेलाई लगाएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै फोरम गणतान्त्रिका कार्यवाहक अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले अविश्वासको प्रस्तावले शान्ति र संविधानलाई भाड्न अविश्वासको प्रस्ताव आउन लागेको आरोप लगाए  ।
त्यसै गरेर एमाओवादी र मधेसी मोर्चाले कांग्रेस र एमालेलाई बर्तमान सरकारमै सामेल हुनपनि आग्रह गरेका छन् । उनीहरुले बर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन सकिने भन्दै नयाँ सरकार अवाश्यक नरहेको बताएका छन् ।

प्रतिक्रिया