हेलिकप्टरबाट सुटिङ स्थल

heli-copter-copyकाठमाडौं, २१ मंसिर । चलचित्र ‘बमकाजी’को छायांकनका लागि मुख्य कलाकार सौगात मल्ल, दीया पुन, वुद्धि तामाङ सहित ६ जनाको टोली गोरखा जिल्लाको सामागाउँस्थित मनास्लु वेस क्याम्प उडेका छन् । हेलिकप्टर चार्टर गरेर उनीहरू त्यता पुगेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको टिमले खादा लगाएर बिदाई गरेका थिए ।

स्थानीय रहनसहन र संकृतिलाई नजिकबाट बुभ्mनका लागि कलाकारको टोलीलाई छायांकन सुरु हुनुभन्दा अगाडि नै त्यता पठाइएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिएका छन् । मंसिर २५ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । परिच्छेद सेनको कथामा तयार हुने यो चलचित्रमा साम्तेन भुटियाको पटकथा तथा संवाद छ । ४ हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा यो चलचित्रको छायांकन हुनेछ । शीर्ष भूमिकामा नायक सौगात मल्ल देखिने निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहने यो चलचित्रमा संजय लामाको छायांकन रहनेछ । ४५ दिन लगाएर चलचित्रको छायांकन गरिनेछ ।

प्रतिक्रिया