काठमाडौं, ११ मंसिर । नेपाली चलचित्रमध्ये फरक कथामा बनेको चलचित्र ‘विजुली मेसिन’ रिलिज आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ । यो चलचित्रले आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने कथालाई उठान गरेको छ ।
मंसिर १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको नयाँ गीत युट्युबमार्फत रिलिज गरिएको छ । टोपी ब्यान्डको प्रस्तुति रहेको यो गीतमा आवाजबाट बिजुली निकाल्न गरिएको संघर्षलाई देखाइएको छ । नविन अवालको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक राजेश हमाल विशेष भूमिकामा छन् । साथमा अभिषेक सुवेदी, जीवन अधिकारी, वुद्धि तामाङ, अशेष लुइटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया