काठमाडौं, ८ मंसिर । नेपाली संगीतको बजारमा फरक पहिचान बनाउन मिहिनेतका साथ लागेकी निलम रोजु थुलुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायकीमा मात्र स्थान खोज्दै आउने महिला कलाकारहरूको बीचमा उनी भो संगीतकारको रूपमा समेत उभिने प्रयासमा छिन् ।
उनले गाउने सँगै संगीतमा समेत उत्तिकै मिहिनेत गर्दै आएकी छन् । हजारौँको भिडबाट आपूmलाई अग्रपंक्तिमा ल्याउनकै लागि भए पनि कडा मिहिनेत गर्दै आएकी उनले नेपाली संगीतबजारमा नयाँ महिला संगीतकारको नाम दर्ज गरिसकेकी छन् । ‘नीलम’ सांगीतिक जगतमा नौलो नाम भने हुनै नसक्ने गरीे ‘हरपल’ नाम दिएर एल्बमसमेत सार्वजनिक गरिसकेकी छन् । ८ वटा गीत समाविष्ट एल्बमका सबै गीतहरू उनले नै लेखेकी हुन् भने संगीत पनि उनैको छ ।
उसो त उनी आपूmलाई महिला संगीतकारका रूपमा स्थापित गर्ने अठोटसाथ अघि बढेकी छन् । यहि सिलसिलामा उनले सयभन्दा माथि गीतमा संगीत भरिसकेकी छिन् । पुख्र्यौली थलो पाँचथर भए पनि नी लामो समयदेखि राजधानी नै बस्दै आएकी छन् । निलम पछिल्लो समय नयाँ भिडियो लिएर दर्शकमाझ आएकी छन् । भाषा, पहिचानको कुरा चरमरूपमै उठिरहेका बेला निलम चौबन्दी चोली र उभौली मेला तथा बिनायोको भाकासहितका शब्दमा सजिएको सुन्दर लोकपप गीतको भिडियो लिएर आएकी छन् । उसो त उनको संगीतमा लाग्ने उद्देश्य भने आपूmलाई चिनाउनु मात्र पक्कै हैन, उनले भनिन् ‘आफ्नो कला, संस्कृति र पहिचानको सम्बद्र्धन गर्दे नेपाली संगीतलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउनु पर्छ ।’
आफ्नै शब्द, संगीत तथा स्वर रहेको ‘चौबन्दी चोलीमा कस्तो देखियो’ बोलको गीत अहिले युटुबमा पनि रुचाइएको छ । महाराज थापाको एरेञ्ज रहेको गीतले नेपाली मौलिकपन बोल्छ । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ र विजय राईले अभिनय गरेका छन् ।
प्रतिक्रिया