काठमाडौं, ८ मंसिर । चलचित्र क्षेत्र ग्ल्यामर हो । यसक्षेत्रमा आएर आफ्नो नाम र दाम कमाउने धेरैको चाहना रहन्छ नै । केही रहरले यो क्षेत्रमा आउँछन् पैसा खर्च गर्छन् र हराउँछन् पनि । तर, सीप, दक्षता र समयको प्रभावसँगै चल्ने सक्नेहरू हालसम्म टिकी नै रहेका छन् ।
यस क्षेत्रमा टिक्न र टिकाउने बनाउनकै लागि नेपालमा पहिलोपटक खुलेको फिल्म स्कुल एभरेस्ट एकेडमीले यो संघर्ष झेल्न सकिने बताएको छ । आफ्नो पहिचान स्थापित गराउनका लागि यसका लागि चाहिन्छ सम्बन्धित विषयमा दक्षता हासिल गर्नु जरुरी छ । त्यसका लागि नेपाल बाहिर गएर चलचित्रसम्बन्धी अध्ययन गरेर होइन नेपालमै चलचित्रसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको कलेजमा अध्ययन गर्ने अवसर रहेको कुरा एभरेस्ट एकेडमीका सिइओ प्रकाश पुरीले बताएका छन् ।
नयाँ बानेश्वरमा रहेको यो ऐकेडमीमा अभिनय, निर्देशन, भिडियो इडिटिङ, छायांकनलगायतका कक्षाहरू अहिले सञ्चालन भइरहेका छन् । वरिष्ठ कलाकार सुनिल थापा अध्यक्ष रहेको यो कलेजमा उज्ज्वल घिमिरे निर्देशन, प्रकाश परी सिइओ, विश्व बस्नेत फ्याकेल्टी डाइरेक्टर, ज्योतसल राजभण्डारी एडमिन्सटर डाइरेक्टर र विशाल श्रेष्ठ मार्केटिङ डाइरेक्टर रहेका छन् । त्यस्तै बरिष्ठ निर्देशक लक्ष्मिनाथ शर्मा, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनेशा राई, चन्द्र पन्त, टंक चौलागाईं, प्रेम उपाध्याय, विष्ण’ कल्पित, राजनी पन्त, दशरथ गिरीलगायतले विभिन्न विधामा अध्यापन गराइरहेका छन् । संस्थाको सल्लाहकार बोर्डमा गिहिन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपकराज गिरी, बाबुराम ढकाललगायत रहेका छन् ।
खासगरी डाइरेक्सन, एक्टिङ, सिनेमेटोग्राफी र भिजुअल इडिटिङलगायत कक्षाहरू सञ्चालन भइरहेको यो संस्थामा हप्तामा १ दिन भारतबाट आएका कलाकारहरूले पनि कक्षा लिइरहेको फाउन्डेसन सिइओ प्रकाश पुरीले बताए । अहिले १ वर्षे कोर्ष सञ्चालन गरिरहेको यो संस्थामा नेपाल बाहिर जापान, अस्ट्रेलिया, क्यानडाबाट पनि अध्ययनका लागि केही विद्यार्थी आएको पुरीले जानकारी गराए । हाम्रो एक मात्र उद्देश्य नेपालमै चलचित्रसम्बन्धी गुणस्तरीय शिक्षा दिने नै हो प्रकाशले दाबी गरे ।
प्रतिक्रिया