एलिसा र पलको ‘ट्युसन पढाउँछु’

selfi-hanuolaकाठमाडौं, २६ कात्तिक । सेल्फी गायक शंकर स्माइलको फेरि अर्को रमाइलो गीतको भिडियो सार्वजनिक भएको ‘ट्युसन पढाउँछु’ बजारमा आएको छ । योपटक उनलाई गायिका पूजा सुनुवारले साथ दिएकी छन् ।

नायक पल शाह र मोडल एलिसा राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । सुवेदीले यो भिडियोको लागि आफूले अहिलेसम्मकै बढी मिहिनेत गरेको बताए । गीतमा पछिल्लो पुस्ताका व्यस्त अनि चर्चित गीतकार डिपी खनालको शब्द, गायक स्वयंकै संगीत, प्रतिभाशाली संगीत संयोजकः उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

राजीव समारको कोरियोग्राफी रहेको भिडियोलाई अनीलकुमार मानन्धरले छायांकन गरेका छन् भने भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । डस म्युजिकको प्रस्तुति रहेको ‘ट्युसन पढाउँछु’ लाई पनि ‘सेल्फी हानौँला’ जसरी नै सबै बर्गका दर्शक र श्रोताले मनपराउने निर्देशक सुवेदीले बताए ।

गायक शंकर थापा क्लासिकल गीत संगीतबाट उदाएका प्रखर गायक हुन् । उनले रेडियो नेपाल २०६९ आधुनिक गीतमा गायनतर्फको टप स्थान हासिल गर्न सफल चर्चित एवं स्थापित गायकको रूपमा चिनिन्छ । यस्तै गायिका पूजा सुनुवारलाई अहिलेको जल्दोबल्दो गायिकाको रूपमा लिने गरिन्छ । जसले यसभन्दा पहिले ‘नजर’ एल्बम दर्शक श्रोतामाझ ल्याएर चर्चाको शिखरमा आइसकेकी छन् ।

प्रतिक्रिया