लस्कर गाह, १७ असोज । गत २४ घन्टाभित्र तालिवान आतंककारीविरुद्ध अफगान सुरक्षाबलले अफगानिस्तानको दक्षिणी भागमा पर्ने हेल्मन्ड प्रान्तमा जारीराखेको कारबाहीको क्रममा २४ जना तालिवानी आतंककारी मारिएका छन् ।
प्रान्तीय सरकारद्वारा आइतबार जारी एक विज्ञप्तिमा सो जानकारी दिएको छ । हेलमन्ड प्रान्तको नवा, मार्जा, चाह–ए–अन्जिर जिल्लामा उक्त सुरक्षा कारबाही शनिबार बिहानबाट आइतबार बिहानसम्म जारीरहेको जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको क्रममा कयौँ तालिवान आतंककारी घाइते भएका पनि विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको बताइएको छ ।
हेलमन्ड प्रान्तमा बलियो प्रभाव रहेका तालिवान आतंककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया