बग्दाद, १२ असोज । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मंगलबार सडक किनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ । यस हमलाहरूमा परी ७ को मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ ।
पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडक किनारमा रहेको बम विस्फोटन गराइएको थियो । त्यसैगरी न्यु बग्दाद जिल्लाको प्रहरी कार्यालयनजिकै बिस्फोटन पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले सो आक्रमण गरेको बताइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर, सिया मुसलमान समुदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ ।
इराकमा अगस्टभरी भएका आतंककारी घटनामा कम्तीमा ६ सय ९१ जनाको मृत्यु हुनको साथै अन्य १ हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।
इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनः गत आइतबार आत्मघाती आक्रमण भएको थियो । त्यसको २ दिन पछाडि मंगलबार पुनः आत्मघाती बम हमला भएको छ ।
प्रतिक्रिया