नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको छ । सो धम्कीपछि उनले दक्षिणी भारतको भ्रमण पनि रद्द गरेको समाचारमा जनाइएको छ । गान्धी भारतको मुख्य प्रतिपक्षी दल कांग्रेसका दोस्रो वरीयताका नेता हुन् । उनले पडुचोरी, तमिलनाडु, केरलालगायत दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।
सोमबार राती सो धम्की आएको र त्यसपछि उनले भ्रमण रद्द गर्नुपरेको भारतीय सञ्चारमाध्मले जनाएका छन् । नेता गान्धीले भने आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमायाचना गरेका छन् । उनी यही मे १६ मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रमा जान लागेका थिए ।
उनले आफूलाई ज्वरो आएकोले सो भ्रमण रद्द गर्नुपरेको जनाएका थिए । तर, पार्टीले भने उनलाई मार्ने धम्की पोडुचरीबाट आएकोले सो भ्रमण रद्द गरिएको बताएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उनको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया