लन्डनमा मुसलमान मेयर

muslim copyलन्डन, २५ वैशाख । लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार सादिक खान विजयी भएका छन् । बेलायतको राजधानी लन्डनमा पहिलोपटक मुस्लिम समुदायको नागरिकको रूपमा उनी यो पदमा विजयी भएको बताइएको छ ।

शनिबार बिहान सार्वजनिक भएको स्थानीय निर्वाचनको परिणाममा यो जानकारी दिइएको छ । उनी बेलायतको लेबर पार्टीका राजनीतिज्ञ हुन् । सोही पार्टीका तर्फबाट उनले उक्त पदका लागि उम्मेदवारी दिएका थिए । उनीलाई हालैका समयमा युरोपेली क्षेत्रमा भड्किएको मुस्लिमविरोधी भावनासँग जोडेर प्रचार गरिएको थियो ।

यसैबीच, लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल पाकिस्तानी मूलका नागरिक सादिक खानको विजयप्रति पाकिस्तानमा खुसियाली मनाइएको समाचार छ । शनिबार पाकिस्तानी सहर इस्लामावादमा सादिकका पक्षमा नाराबाजी गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि उहाँलाई बधाई ज्ञापन गरिएको छ ।

पाकिस्तानी नागरिक एकजन सवारी चालकका छोरा रहेका सादिकको परिवार नै सन् १९६० मा पाकिस्तानमा बसाईं सरेका थिए । उनको विजयपछि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले आफ्नो ट्वीटर अकाउन्टमार्फत बधाई ज्ञापन गरेका छन् । पाकिस्तानबाट प्राप्त समाचारहरूका अनुसार राजधानी इस्लामावाददेखि विभिन्न सहरमा उनको विजयप्रति खुसियाली मनाइएको बताइएको छ ।

प्रतिक्रिया