पेरिस । फ्रान्सको राजधानी सहर पेरिसमा शुक्रबार बिहान अकस्मात हिंसा भड्किएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । शुक्रबार पेरिसमा अकस्मात सयौंको सङ्ख्याका युवाले प्रदर्शन हिंसात्मक प्रदर्शन गरी प्रहरीमाथि सांघातिक हमला गरेका थिए ।
सो प्रदर्शनका कारण हुनसक्ने हिंसाको आशङ्कामा प्रहरीले पनि ठूलो सङ्ख्याका साथ कडा निगरानी राखेको समाचारमा जनाइएको छ । पेरिसमा सन् २०१४ र गतवर्ष पनि हिंसा भएको थियो । आतङ्ककारी हमलामा परी कैयौँ व्यक्ति मारिएका थिए ।
सोही कारण पनि शुक्रबारको अकस्मातको प्रदर्शनपछि त्यहाँको सृुरक्षा व्यवस्थालाई कडा पारिएको प्रहरीले जानकारी दिएको छ । मध्य पेरिसको प्लेस डि ला रिपब्लिकमा शुक्रबार बिहान अकस्मात सयौं युवाले आक्रामक रूपमा विरोध प्रशर्दन थालेका थिए । त्यस लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । (एजेन्सी)
प्रतिक्रिया