काठमाडौं, १५ वैशाख । यस वर्ष नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा तापक्रम बढ्दै गएको छ । यसको असर मौसमी प्रणालीमा परेको छ ।
नेपालको अधिकांश क्षेत्रमा औसतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष छ । मौसमविद राजु प्रधानांगले भने, ‘नेपालमा औसत पानी पर्ने अनुमान गरिएको छ ।’
श्रीलंकाको राजधानी कोलम्बोमा भएको दक्षिण एसियाली राष्ट्रहरूका मौसमविदहरूको बैठकले दक्षिण एसियामै मनसुन औसत हुने निष्कर्ष निकालेको छ । बैठकमा नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभागका शिवप्रसाद नेपाल सहभागी थिए । ‘प्रशान्त महासागरमा सन् २०१५ देखि इएल निन्योको सक्रियता घट्दै गएकाले मनसुन औसत खालको हुनेछ,’ बैठकले निष्कर्ष निकालेको छ ।
जुन महिनादेखि सेप्टेम्बरसम्म मनसुनको अवधि हो । न्युजविक पत्रिकाका अनुसार एल निन्यो हरेक दुई वा सात वर्षमा देखापर्ने न्यानो पानीको धार हो । पानी न्यानो हुनुको अर्थ धेरै वर्षा हुनु हो । घनघोर वर्षा हुँदा बाढी पनि आउँछ । यसबाहेक, समुद्रको न्यानो सतहले तलको पोषक चिसो पानीलाई माथि आउन दिँदैन । त्यसैकारण थुप्रै जलप्राणीहरू र केही चराहरूसमेत आहारको खोजीमा अन्यत्र बसाइँ सर्छन् ।
एल निन्योको सक्रियता घट्दै गएकाले दक्षिण एसियाको पश्चिमी र पूर्वी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मध्यक्षेत्रमा भने औसतभन्दा बढी पानी पर्ने सास्कोफको निष्कर्ष छ । नेपालको हकमा मनसुनी वर्षा औसत मात्रै हुनेछ ।
पश्चिम भारतमा पनि सुख्खाका कारण कतिपय स्थानमा रेलबाट पानी ओसारेर आपूर्तिको व्यवस्था मिलाइएको थियो । कतिपय स्थानका किसानहरूले पानीकै अभावमा आत्महत्यासमेत गरेको समाचार सार्वजनिक भएको थियो । यसलाई एल निन्योको प्रभावकै कारण दिइएको छ ।
प्रतिक्रिया