पाँचथर, १४ वैशाख । पाँचथर जिल्ला पशु सेवा कार्यालय फिदिमको भवन शिलान्यास गर्न पाँचथर पुगेकी एमाले नेतृ तथा पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले कृर्षहरूलाई उत्पादनमूखी बन्न आग्रह गरेकी छन् । पशुपंक्षी पालन गरेर प्रशस्त आम्दानी लिन सकिने भन्दै यस्ता उत्पादनमूखी तथा आर्थिक उपार्जनका साथै आयमूलक काममा लाग्न आग्रह गरेकी हुन् ।
मन्त्री मानवीले पशुपालन व्यवसाय गरे किसानको आर्थिक अवस्था उक्सिने र मुलुक समृद्ध हुने बताइन् । उनले अब हरेक किसान व्यावसायिक बन्नुपर्ने धारणा राखेकी छन् । उनले नश्ल सुधार गरी उन्नत जातको पशुपालनतर्फ ध्यान दिन किसानलाई सुझाव दिएकी हुन् । यसका लागि पशुपालक किसानलाई प्राविधिक सेवा दिन जहिले पनि तत्पर रहन जिल्ला पशु सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरूलाई निर्देशन दिइन् ।
मानवीले मुलुकभरका पशु सेवा कार्यालयको समस्याको समाधानमा लागि पर्ने दाबी गर्दै १ वषर्मा अन्डा, २ वर्षमा मासु र ३ वर्षमा दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । जिल्ला पशु कार्यालयमा भएको कार्यक्रममा डा. मंगोलसिंह यादवले काम र कार्ययोजना साथै प्रगति विवरण मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्यमी कृषकहरूलाई प्रोत्साहनका लागी नयाँ, व्यवसायबाट बाँच्ने आधारका योजना आवश्यकता रहेको प्रजिअ पुरषोत्तम घिमिरेले आग्रह गरे । सरकारी कामकार्बाही सम्बन्धमा जिल्लाको कार्यालय सञ्चालन गर्दा, गाउँस्तरका उपकेन्द्रहरूमा र सरकारी कामको समन्वय गरी जनमूखि प्रशासनको रूपमा कामगरेको मन्त्रीसमक्ष प्रस्तुति रहेको प्रजिअ घिमिरेले बताए ।
प्रतिक्रिया