लन्डन, ११ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार बेलायत युरोपबाट बाहिरिन नहुने बताएका छन् । युरोपप्रति अविश्वास गर्ने बेलायती एक समूहलाई लक्षित गर्दै ओबामाले भने, ‘बेलायत युरोपबाट बाहिरएमा व्यापारिक सहमति त गर्न सकिनेछ तर यसका लागि बेलायतले लामो समय पर्खिनुपर्ने हुन्छ ।’ यो बेलायतका लागि घातक बन्नसक्ने अमेरिकी राष्ट्रपतिको धारणा थियो ।
अमेरिकी राष्ट्रपति ओबामाले बेलायतको जुन २३ मा युरोपियन युनियन (इयु) सदस्य रहने वा नरहने भन्ने सवालमा बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुनसँग पत्रकार सम्मेलनमा बोल्दै २८ सदस्यीय इयु समूहमा रहनुहुँदैन भन्ने समूहप्रति लक्षित गर्दै आवेगात्मक प्रतिक्रिया दिए । लन्डनस्थित विदेश मन्त्रालयमा क्यामरुनसँगै उभिएका ओबामाले बेलायतसहितको शक्तिशाली युरोप हुनुमा समग्र युरोप र बेलायतलाई राम्रो हुने बताए ।
आगामी वर्षको जनवरीदेखि कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपतिले पछिल्लो समय अमेरिकाको अन्य मुलुकसँगको सम्बन्धबारे लगातार बोल्दै आएका छन् । यसै सिलसिलामा उनले अमेरिका र बेलायतबीच विशेष सम्बन्ध रहेको बताएका छन् । तर, यसपटक उनको व्यापार सम्बन्धमा महत्वपूर्ण प्रतिक्रिया आएको छ । उनले बेलायत युरोपेली समूहबाट बाहिरँदा वासिंगटनको व्यापार कारोबार सम्बन्धमा चासो राख्नुलाई महत्वपूर्ण रूपमा लिइएको छ ।
यदि बेलायत युरोपबाट बाहिरिने निर्णय गरेमा यसले अमेरिकासँग कुनै समयमा त व्यापार गर्न सक्छ तर छिट्टै सम्झौता हुन सक्नेमा भने राष्ट्रपति ओबामाले शंका व्यक्त गरे । बेलायत वासिंगटनसँग सम्झौता गर्नेहरूको पछिल्लो पंक्तिमा रहनुपर्नेछ, ओबामाले थपे । तर, बेलायती प्रधानमन्त्री क्यामरुनले भने आफ्नो युरोपसँगको सम्बन्धमा बेलायती प्रधानमन्त्रीका रूपमा आफ्नो राजनीतिक वैधानिकताका लागि संघर्षको भएको बताए । यो समयमा बेलायतले सत्यको पक्षमा रहनु र आफ्ना मित्र तथा सहयोगीबीच आफ्ना मान्यतालाई कायम राख्ने बेला भएको प्रधानमन्त्री ड्याभिड क्यामरुनको भनाइ थियो ।
यसैबीच, ओबामाको शुक्रबार आएको अभिव्यक्तिलाई लिएर युरोपमा बेलायत रहन नहुने भन्ने समूहले अमेरिकी राष्ट्रपतिको आलोचना गर्दै कुनै पनि स्वतन्त्र राष्ट्रले स्वतन्त्र व्यापार सम्झौता गर्नसक्ने बताएको छ । लण्डनका मेयर बोरिस जोसनले एक स्वतन्त्र राष्ट्रको रूपमा विश्वका अन्य मुलुकसँग सम्झौता गर्न बेलायत युरोपमा रहिरहनुपर्ने बताए ।
अर्का नेता निगेल फरेजले राष्ट्रपतिको टिप्पणीलाई खण्डन गर्दै हामी जनमत संग्रहबाट यस विषयमा निर्णय लिने बेलासम्म, ओबामा सत्ताबाट बाहिरिने र २ देशबीचको हितलाई मध्यनजर गर्दै व्यापार सम्झौता हुने कुरा पक्का भएको बताए ।
प्रतिक्रिया