भोजपुरमा छड्के अनुगमन

भोजपुर, ९ वैशाख । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन उपसमिति भोजपुरले बिहीबार जिल्ला सदरमुकामका पसलहरूमा छड्के अनुगमन गरेको छ । सरकारले तोकेको लोगो प्रयोग भए नभएको अनुगमनका क्रममा अनुगमन गरिएको हो ।

उप समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकारहरूको उपस्थितिमा अनुगमन गरिएको थियो । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्याकेटमा सरकारले तोकेको लोगो ९० प्रतिशतभन्दा बढी हुनुपर्ने यदि त्यस्तो नभएको पाइएमा व्यापारी पसललाई कारबाही हुने भएकोले यसको अवस्थाको विषयमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताए ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण भोजपुर हस्पिटल, क्याम्पस तथा विद्योदय उच्च माध्यमिक विद्यालय वरिपरिको स्थानहरूमा स्थानीय प्रशासनले धुम्रपान तथा सुर्तीजन्य पदार्थमा रोक लगाइएको क्षेत्रमा समेत अनुगमन गरिएको थियो प्रशासनले गरेको अनुगमनप्रति ग्राहक तथा सर्वसाधारणहरूले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया