तिब्बतीयन सहित पाँच तस्कर पक्राउ

सिन्धुपाल्चोक, वैशाख । सिन्धुपाल्चोक जिल्लामा प्रहरीले पाँच जनालाई यार्सागुम्बा र नगद सहित पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी कोदारीबाट खट्टिएको गस्ती टोलीले अंदाजी ६ किलो यार्सागुम्बा र १३ लाख रुपियाँ नगद सहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुले यार्सागुम्बा बिक्रीका लागि लैजान लागेको जनाएका छन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक फुल्पिङ्गकट्टी–१, खुकुण्डोल बस्ने ५५ बर्षीय सुन्दर शेर्पा, ३४ बर्षीया रिङ्गजिङ्ग लमु शेर्पा, २२ बर्षीय कर्म शेर्पा, संखुवासभा जिल्ला अहे–९ घर भई हाल काठमाडौं सुकेधारा बस्ने ३० बर्षीय नुर्भु शेर्पा र तिब्तीयन नागरीक ३२ बर्षीय घिरिङ्ग शेर्पा रहेका छन् ।
फुल्पिङ्गकट्टी–९ डाक्लाङ्गमा वैशाख १५ गते पौने ६ वजे बा. ६ च ३७८४ नम्बरको सेतो बलेरो जिपमा चेक जाँच गर्दा यार्सागुम्बा, नगदका साथै तराजु १ थान तथा ढक १ थान बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया