फ्युचर कल्चरको दशौँ वार्षिक उत्सव

काठमाडौं, २७ चैत । चावहिलस्थित फ्युचर कल्चर संगीत विद्यालयले आफ्नो १०औँ वार्षिक उत्सव विभिन्न सांगीतक प्रस्तुति सहित मनाएको छ । वरिष्ठ गीतकार डा कृष्णहरी बरालको प्रमुख आथित्यमा सम्मपन्न कार्यक्रममा अभिनेता ७७ वर्षीय कृष्णभक्त फुँयाल विशेष अतिथि थिए ।

साहित्य सदन बौद्व रामहिटिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको छ ।

फ्युचर कल्चर प्रालिका अध्यक्ष तथा संगीतका निराश मगरको सभापतित्वमा भएको कार्यक्रममा राजकुमार श्रेष्ठ, कैलास राई, डक्टर किरातलगायतलाई मायाको चिनो प्रदान गरिएको छ, भने नृत्यङगाना रोजिना विष्ट, समिक्षा गिरी तथा गायनमा सचिन्द्र राई, कविता मोक्तानलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

कार्यक्रममा गणेश लिम्बु, सरस्वती लामा भुजेल, सचिन्द्र राईलगायत गायक गायिकाले गीत गाएका थिए । कार्यक्रममा विभिन्न म्युजिक एवं डान्स एकेडमीका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया