‘रामायण’ अब अंग्रेजी चलचित्र

ramayanमुम्बई । हिन्दू सम्प्रदायको पौराणिक ग्रन्थ ‘रामायण’लाई अब अंग्रेजी भाषामा प्रस्तुत गरिने भएको छ । टिभी सिरियल, कार्टुन र एनिमेसन फिल्ममा थुप्रैपटक प्रस्तुत भइसकेको यो कथालाई विश्वभरका दर्शकसामु अवगत गराउन ३ युवा फिल्ममेकर कस्सिएका छन् ।

अमेरिकाका क्रिएटिभ निर्देशक रोनी एलमनका साथमा विनित सिन्हा र एस ग्राहमले रामायणलाई अंग्रेजी भाषामा फिल्मांकन गर्न लागेका हुन् । उनीहरूको दाबीअनुसार अत्याधुनिक प्रविधिबाट रामायणलाई प्रस्तुत गरिने भएकाले हलिउडका चर्चित फिल्म ‘लर्ड अफ रिङ्स’ र ‘प्लानेट अफ द एप्स’ भन्दा राम्रो बनाउन सकिनेछ ।

निर्देशक विनितको भनाइमा संसारका मानिसहरू हलिउड, जापान र चीनका ‘ब्याटम्यान’, ‘सुपरम्यान’, ‘स्टारवार्स’, लगायतका फिल्म जान्दछन् तर पूर्वीय मुलुकका कथा चर्चित भएका छैनन् । त्यसैले फिल्मको माध्यमबाट संसारभर यस्ता कथालाई फैलाउनु जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार रामायणलाई ‘थ्रिडी’ र ‘आइम्याक्स’ प्रविधिमा निर्माण गरिनेछ । (एजेन्सी)

प्रतिक्रिया