एमाओवादीको जनकपुरमा पनि बिरोध

जनकपुर,१५वैशाख । एकीकृत माओवादीले मधेशी मोर्चा सहित प्रमुख तीन दलको बैठकमा प्रस्ताव गरेको राज्य पुनर्संरचना सम्बन्धी नयाँ प्रस्तावको मिथिला राज्य संघर्ष समितिले विरोध गरेको छ ।
एमाओवादीको प्रस्तावित नयाँ दस राज्यको समितिले विरोध गर्ने निर्णय गरेको हो । समितिको आज जनकपुरमा बसेको बैठकले संघीय राज्यको नाममा मिथिलाको नाम उल्लेख नगरेको भन्दै विरोध गरेका छ ।
उसले एमाओवादीको नयाँ दस संघीय राज्यका विरुद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउने छ, जनकपुरको रामानन्द चोकमा चक्का जाम गर्ने, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारको पुत्ला जलाउने लगायतका कार्यक्रम छन् ।
समितिले जनकपुरबाट छुट्ने हरेक बसमा मिथिला राज्य लेख्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया