काभ्रे, २६ माघ । नेपाल सरकारअन्तर्गत बाणिज्य तथा आपूर्ति महासंघ नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रमले छुट्याएको अलैँची सुकाउने ड्रम काभ्रेमा वितरण गरिएको छ । काभ्रे उद्योग बाणिज्य संघको पहलमा अलैँची व्यवसायिक किसानलाई सो ड्रम वितरण गरिएको हो ।
अलैँची उत्पादनका हिसाबमा प्रसस्त सम्भावना बोकेको क्षेत्र भएको भन्दै उचित बजार व्यवस्थापन गर्न, उत्पादित वस्तुको स्तरवृद्धि गर्न काभ्रे उद्योग बाणिज्य महासंघले सहजीकरण गर्दै आएको छ । संघका अध्यक्ष सुरकृष्ण बैद्यले कृषकको स्तर उन्नतीको लागी काभ्रे उत्पादित बस्तु निर्यातकालागि चिन्ता नगर्न आग्रह गरेका छन् । उनले यो क्षेत्र उतपादनाको सम्भावना बोकेको क्षेत्र भएको ले यस क्षेत्रमा सबैको ध्यान जानुपर्ने जिकिर गरेका थिए । यस अघि काभ्रेका अलैँचि खेति गर्ने किसानले परम्परागत रुपमा घाममा सुकाएर धुवाँमा सुकाएर अलैँची तयार पार्दै आएको र यस ड्रमको प्रयोग पछि किसानलाई थप सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।
डबल ड्रम डायर बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, काभ्रे उद्योग बाँणीज्य संघका अध्यक्ष सुरकृष्ण बैद्य , शिव प्रसाद न्यौपाने कार्यक्रम संयोजक रहेका थिए । उक्त कार्यक्रममा ४ कृषक समुहका सयौँ कृषक सहभागी थिए । अलैँची प्रति केजी बिरुवा किन्दा आठ रुपैयाँ पर्दछ ।
प्रतिक्रिया