सालक तस्कर गर्नेलाई एक लाख जरिवाना

इलाम, २१ माघ । अवैध रूपमा सालकको खपटा खरिद–विक्री तथा ओसारपसारमा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले बुधबार जनही एक लाख जरिवानाको फैसला सुनाएको छ । लोपोन्मुख सूचीमा रहेको सालकको खपटा ओसारपसारमा संलग्न इलाम नगरपालिका–३ का एकराज राई र पुवामझुवा–२ का सन्तोष राईलाई सो फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम उक्त फैसला सुनाएको भट्टराईले जानकारी दिए । उनीहरू दुवैलाई १७ मंसिरमा चार किलो नौ सय ग्राम सालकको खपटासहित इलाम नगरपालिकाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया