काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ४’ को ‘आँसु झर्न दिन्न तिम्रो’ बोलको लिरिकल गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राईले स्वर दिएका छन् । भने बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।
यसै वर्ष प्रदर्शनमा ल्याउने तयारीमा रहेको यो चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, वर्षा राउत, आँचल शर्माको मुख्य भुमिका रहेको छ । चितवन र काठमाडौंमा खिचिएको चलचित्रलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गरेका छन् ।
चलचित्र ‘नाई नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहेको छ भने राजेशपायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशीले चलचित्रको गीतहरूमा आवाज दिएका छन् । यो चलचित्रलाई निर्देशक एवं निर्माता विकास आचार्यले निर्देशन गरेका हुन् । (सौस)
प्रतिक्रिया