काठमाडौं । नवौं संस्करणको मिस तामाङको उपाधिका लागि ३८ युवतीले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंमा भएको अडिसनबाट ३८ प्रतिस्पर्धीलाई छानिएको आयोजक संस्थाका मिलन मोक्तानले जानकारी गराए ।
तामाङ युवतीहरूका प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा छानिन सफल हुनेमा कविता लामा लोप्चन, रजनी लामा, केसाङ पाख्रिन, एलिजा पाख्रिन, सलुना लामा, शालु तामाङ, सबिना न्होर्जिन लामा, उर्मिला लामा योन्जन, शान्ति तामाङ, सबिना तामाङ, सुष्मिता तामाङ, नेहा लामा, सिमाना तामाङ, सम्झना थोकर, लक्ष्मी तामाङ, सरिता तामाङ, मनीषा लामा तामाङ, डोल्मा लामा र अस्मिता तामाङ ब्लोन छन् ।
यस्तै शान्ति लामा योन्जन, मोनिका लामा, मालती स्याङ्बो, अमिता दोङ, सुस्मिता लामा, चन्द्रकुमारी तामाङ, सरिता तामाङ, शिल्पा तामाङ, विपना तामाङ, नोर्की तामाङ, सुधा लामा लो, बिनिता तामाङ, संगीता लामा, जोलिना तामाङ घिसिङ, ममता मोक्तान, सरिता लामा दोङ, दावा डोल्मा घिसिङ, तारा लामा र अजिता तामाङ दोङलाई समेत अन्तिम प्रतिस्पर्धीका रूपमा छनोट भएका छन् । उनीहरूलाई मिलन मोक्तान, शान्ता तामाङ, बिनिता तामाङ, लक्ष्मी तामाङ, मुनाश्री तामाङ र ममता चापागाई सम्मिलित निर्णायक मण्डलले आवेदन दिएका युवतीहरूको मूल्यांकन गर्दै छनोट गरेका थिए । सबै सहभागीहरूलाई एक महिना प्रशिक्षण दिइने र आयोजक संस्थाका अध्यक्ष मिलन मोक्तानले बताए । मिस तामाङ र रनरअपहरूले नगद पुरस्कारका साथै विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । पुरस्कारको राशि विगतभन्दा बढी नै हुने बताए पनि अहिले नै तोकिसकेको छैन ।
नेपाल तामाङ कला संस्कृति केन्द्रको आयोजना रहेको कार्यक्रम आगामी माघ २७ गते ल्होसारको अबसर पारेर काठमाडौंमा हुनेछ । प्रतियोगितामा १६ देखि २६ वर्ष उमेरका एसएलसी उत्तीर्ण तथा कम्तीमा ५ फिट उचाई भएकी तामाङ युवतीले भाग लिन पाउने प्रावधान छ ।
प्रतिक्रिया