किमको स्टाइलमा सन्नी

sunny-leone copyमुम्बई, १२ मंसिर । पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको महत्वकांक्षी फिल्म ‘मस्तीजादे’ रिलिजमा केही दिन ढिला हुने भएको छ ।

रिलिजमा ढिलाइ भए पनि फिल्मका निर्देशकले स्टाइलिस पोस्टर सार्वजनिक गरेर फिल्मको प्रचारलाई भने जारी राखेका छन् । सन्नीको विकनी पोस्टर सार्वजनिक भए लगत्तै यसको डिजाइनका बारेमा चर्चा परिचर्चा सुरु भएको छ । निर्देशकको भनाइअनुसार यो स्टाइल सन्नीले किम कार्दाशिनबाट लिएकी हुन् ।
फिल्ममा सन्नी दोहोरो भूमिकामा छिन् । लैला र लिलीको चरित्र निर्वाह गरेकी सन्नीले आफ्नो भूमिका दमदार भएको दावीसमेत गरेकी छिन् । लैलाको रूपमा उनी किम जस्तै देखिन खोजेकी छिन् । यही फिल्ममा अभिनय गर्ने क्रममा सन्नीले एउटा गोल्डेन डे«स पनि लगाएकी छिन् जुन डे«सको तौल मात्रै १५ किलो रहेको छ । सेक्स कमेडी भनिएको यस फिल्ममा सन्नी र तुषार कपुरले मुख्य भूमिका निर्वाह गरेका छन् ।

काठमाडौंमा सन्नी
यसैबीच, बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल भम्रणका लागि राजधानी आएकी छिन् । अभिनेत्री सन्नी लियोनीले नेपाल भ्रमणबारे कुनै जानकारी नगराए पनि उनी आफ्ना पति डेनियल वेबरको साथ राजधानी आएकी हुन् । २ वर्षअघि व्यापारिक घरानाको निम्तोमा उनी २ दिनका लागि नेपाल भ्रमणमा आएकी थिइन् ।

त्यसताका उनले स्वयम्भूको भ्रमण गरेकी थिइन् । पति डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै ट्वीट गरेकी थिइन् । ‘विश्वमा मलाई मनपर्ने नेपाल जाँदै छु । एकदम उत्साहित छु,’ उनले ट्विट गरेकी छिन् । ‘जिस्म–२’ बाट बलिउड फिल्म क्षेत्रमा डेब्यु गरेकी उनले ‘रागिनी एमएमएस २’, ‘सुट वाउट एट वाड्ला’, ‘हेट स्टोरी–२’ लगायतमा अभिनय गरेकी छिन् । उनैको अभिनय रहेको अर्काे बलिउड फिल्म ‘मस्तीजादे’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया