ओबामा–अल्याण्ड भेट

वासिङटन, ९ मंसिर । फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । उनीहरुले इस्लामिक अतिवादी समूह आइएसविरुद्धको कारबाहीमा एक हुुने प्रतिक्रिया दिएका छन् । उनीहरुले विगत चार वर्षभन्दा लामो समयदेखि जारी सिरियाली हिंसामा सिरियाको पक्ष लिएर युद्धको अन्त्यको बाधक नबन्न रुसलाई पनि आग्रहसमेत गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्तापछि यस्तो प्रतिबद्धता आएको हो ।

पेरिसमा भएको आतंककारी आक्रमणपछि फ्रान्सेली राष्ट्रपति अल्याण्ड विश्वका नेताहरुको भेटघाटमा रहेका छन् । सोही क्रममा उनी अमेरिका पुगेका हुन् । टर्कीले फ्रान्सेली युद्धक विमान खसालेपछि राष्ट्रपति अल्याण्ड अमेरिका पुगेका छन् । उनीहरुबीच सो विषयमा पनि कुराकानी भएको बताइएको छ ।
यही १३ नोभेम्बरमा पेरिसमा आइएसले गरेको हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त आतंकवादी हमलापछि अमेरिकाले विश्वका अरु देशहरुलाई पनि आतंकवादविरुद्ध एक भएर लड्न आग्रह गरेको छ ।

प्रतिक्रिया